काठमाडौंको क्षेत्रपाटीबाट ६ सय लिटर सेनिटाइजर र अक्सोमिटर बरामद

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ६ सय लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद गरेको छ ।  सेनिटाइजर र अक्सोमिटर कारोबारमा संलग्न एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । कोरोना महामारी तिब्र बढेको बेला अक्सोमिटर अक्सिजनको लेवल नाप्न प्रयोग गरिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बिना बिलका ५ लिटर दरका १ सय २१ ग्यालिन सेनिटाइजर बरामद गरेको छ । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित सामग्री

मन्त्री साहले गृहजिल्लामा पठाए अक्सिजनसहित स्वास्थ्य सामग्री

काठमाडाैं : सहरी विकास मन्त्री प्रभु साहले गृहजिल्ला रौतहटसहित प्रदेश-२ को लागि अक्सिजनसहित विभिन्न स्वास्थ्य सामग्री पठाएका छन्। कोरोना संक्रमण दर बढेसँगै स्वास्थ्य सामग्री अभाव देखिएपछि मन्त्री साहले आफ्नो व्यक्तिगत तर्फबाट प्रदेश-२ का लागि अक्सिजन, मास्क, पिपिई, ग्लोब्स, अक्सिमिटर लगायतका सामाग्री पठाएका छन्।साहले पठाएका ३० ओटा अक्सिजन सिलिण्डर, २५ लिटर सेनिटाइजर, ५ हजार ओटा मास्क, २५ ‌ओटा अक्सोमिटर, २५ सेट पीपीई, ५ बक्स ग्लोब्स बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ह

मन्त्री रायमाझीले अर्घाखाँची पठाए स्वास्थ्य सामाग्री

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै मन्त्री रायमाझीले जिल्लावासीका लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री पठाएका हुन् । वुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री रायमाझीले अक्सिजन सिलिन्डर २३ पिस, अक्सिजन कन्सनटेटर ५ पिस, भिटिम १८०० पिस, एन्जिन ४०० पिस, सर्जिकल माक्स २७०० पिस, सेनिटाइजर १५ लिटर, अक्सोमिटर ७ पिस,