अदालतको आदेशलाई देखाउँदै वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड चल्न सुरु

काठमाडौँ। त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड चल्न सुरु भएको छ। उच्च अदालतको आदेशलाई देखाउँदै सो डिजिटल होर्डिङ बोर्ड चल्न सुरु भएको हो। काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै गत बिहीबार उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएको थियो।

सम्बन्धित सामग्री

महानगरले बन्द गरायाे 'वर्ल्ड ट्रेड सेन्टर'मा राखिएकाे डिजिटल बाेर्ड

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । निकै ठूलो र चम्किलो डिजिटल बोर्डका कारण चालकको ध्यान मोडिएर दुघर्टनाको जोखिम भएको भन्दै पटक–पटक गुनासो आइरहेको थियो । आज बिहीवार महानगरले डिजिटल बोर्ड नियम विपरीत राखिएको भन्दै आफैँ टोली खटाएर बन्द गराएको हो । यसअघि पनि महानगरले बोर्ड हटाउन निर्देशन दिएको थियो तर सञ्चालकले अटेरी गर्दै आएका थिए । स्वीकृत मापदण्डमा आठ सय स्क्वायर फिटमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न पाइने भए पनि त्रिपुरेश्व...

अवैध संरचना हटाएका बालेनको नजर अब होर्डिङ बोर्डतिर

काठमाडौँ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ […]