रूपन्देही तिलोत्तमा नगरपालिका–११ का रणसिंह थापा १२ कक्षा पढ्ने छोरी अनिशालाई लिएर एमाले महाधिवेशन उद्घाटन समारोहमा केपी शर्मा ओलीको भाषण सुन्न शुक्रबार चितवन आएका थिए । दिउँसो ३ बजेतिर एमाले अध्यक्ष ओलीको मन्तव्य सुरु हुँदा रणसिंह मञ्चभन्दा धेरै पर पुल्चोकमा हतास मनस्थितिमा भेटिए ।