जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट पाखा लागेको महन्थ ठाकुर पक्षले उपेन्द्र यादव नेतृत्वको जसपाभित्र चाँडै कलह बढ्ने आकलन गरेको छ । जसपामा अन्तरविरोध बढ्यो भने आफ्ना लागि अनुकुल परिस्थिति निर्माण हुने समयको प्रतीक्षामा छन् महन्थ ठाकुर ।जसपाले सरकारमा जाने निर्णय गरिसकेको तर सरकारमा मन्त्रीहरु पठाउनेबित्तिकै पार्टीभित्र असन्तुष्टि बढ्ने र त्यसको प्रत्यक्ष फाइदा आफूहरुलाई हुने महन्थ पक्षको ठहर छ ।पार्टीको आधिकारिकता पाउन असफल भएपछि ठाकुर पक्षले तत्काल राजनीतिकरुपमा खुम्चिएरै भए पनि जसपाभित्रै रह