काठमाडौं । राष्ट्रियसभाका एक सांसद र ५ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार राष्ट्रियसभाका सांसद र कर्मचारीमा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । परीक्षणका लागि ४४ सांसद र ५६ जना कर्मचारीको स्वाब संकलन भएको थियो ।