काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालका कम्युनिष्ट पार्टीको भर नहुने भएकाले जुनसुकै बेलामा रङ बदल्न सक्ने टिप्पणी गरेका छन्। नेविसंघको ५३औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने, ‘नेपालको कम्युनिष्ट पार्टीको भर छैन, कुन पनि बेलामा रङ बदल्न सक्छन्। त्यसैले कांग्रेस आफ्नो तागतले चुनाव लड्ने गरी लाग्नुपर्छ। पार्टीभित्र दृढ संकल्प गरेर छलफल र बहस गर्नुपर्छ।’उनले ०७४ सालको निर्वाचन अघि कांग्रेससँग सहकार्य हुँदै गर्दा राता