गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउनुभएको छ । धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “गेटा मेडिकल कलेज सञ्चालनको माग उठ्दा मलाई खुसी लागेको छ […]