‘लन्डन पेरिस’ मा केकी र कमलको रोमान्स

गायक डा. सुदीप भट्टराईको नयाँ गीत ‘लन्डन पेरिस’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदीपकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी र कमल सिंहको अभिनय छ ।प्रेमकथामा देखाउन खोजिएका भिडिया निकेश खड्काले निर्देशन गरेका हुन् । उत्तम हुमागाईँको छाँयाकंन र विकाश धमलाको सम्पादन रहेको भिडियो गायक सुदीपकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।