काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार बालेनले ४ हजार ६ सय ४६ मत ल्याउँदा कांग्रेसका स्थापितले २ हजार ४ सय ५ मत ल्याएका छन्। भने, गठबन्धनकी उम्मेदवार सिंहले २ हजार २ सय २४ मत ल्याएकी छन्। राष्ट्रिय सभागृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।