कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु

कैलाली - कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु गरेको छ । नगरपालिकाले आवको आउँदाे भदौ महिनाबाटै विकास योजना कार्यान्वयनका लागि वडास्तरमा उपभोक्ता समिति गठन थालेको छ ।  टीकापुर –२ ले उपभोक्ता समिति गठनका लागि सूचना प्रकाशित गरेको छ । वडाले विभिन्न टोलमा १४ उपभोक्ता समिति गठनका लागि सूचना गरेको छ । वडाले भदौ १ गतेबाट भदौ ७ गतेसम्म समिति गठन गरिसक्ने गरी काम थालेको वडाध्यक्ष दीपक चौधरीले जानकारी दिनुभयो । 'कार्यालयले भदौ १५ गतेभ...