काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न

काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ ।२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काष्ठमण्डपको मुख्य निर्माण कार्य सम्पन्न भई अहिले छानो छाउने र ‘फिनिसिङ’ कार्य भइरहेको बताउँदै अबको बढीमा तीन महिनाभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न

सम्बन्धित सामग्री

६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न

भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। पुरातत्त्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर १ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो। तीमध्ये अब २ सय ५७ सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ। विभागले हालसम्म ७२ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ।विभागका प्रवक्ता रामबहादुर कुँवरले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने जानकारी दिए। उनले भने, हामीले विसं २०८१ सालसम्म सम्पन्न गर्ने ल

लमजुङमा ७५ प्रतिशत निजी घर पुनर्निर्माण

लमजुङ – लमजुङमा ०७२ को भूकम्पले क्षतिग्रस्तमध्ये ७५ प्रतिशत निजी घरको पुनर्निर्माण सम्पन्न भएको छ । साढे १० हजार निजी घर पुनर्निर्माण भएका हुन् । सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) का अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण सम्पन्न गरी […]

काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं, भदौ २६। काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काष्ठमण्डपको मुख्य निर्माण कार्य सम्पन्न भई अहिले छानो छाउने […]

भोजपुरमा भूकम्पबाट क्षतिग्रस्त ८४ प्रतिशत घर पुनर्निर्माण

२४ भदौ, भोजपुर । भोजपुरमा २०७२ सालको भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका ६ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय […]

६६ प्रतिशत सडकको पुनर्निर्माण कार्य सकियो

काठमाडौं।पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले ६६४ किलोमिटर स्थानीय स्तरका सडकमध्ये ६६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको बताएका छन्।बाँकी ३४ प्रतिशत सडकको पुनर्निर्माण काम भइरहेको उनले जनाए।१०० किलोमिटर रणनीतिक सडकमध्ये ८८प्रतिशतको काम सम्पन्न भएको छ भने १२प्रतिशतको काम जारी छ।पुनर्निर्माण गर्नुपर्ने १५ वटामध्ये ९ वटा पुलको पुनर्निर्माण सम्पन्न भइसकेको छ।पुनर्निर्माण जारी बाँकी ६ वटा पुलको ५० प्रतिशत भौतिक प्रगति भइसकेको छ।

सार्वजनिक संरचनातर्फको पुनर्निर्माण ८८ प्रतिशत सम्पन्न

काठमाडौं।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक संरचनातर्फको पुनर्निर्माण कार्य ८८ प्रतिशत सम्पन्न भएको जानकारी दिएको छ। सार्वजनिक संरचनातर्फ हालसम्म ६ हजार ६४७ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ। ९०६ विद्यालयको पुनर्निर्माण कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, ७५१वटा स्वास्थ्य संस्था (६४.५२ प्रतिशत), ५८६ पुरातात्विक सम्पदा (६३.७० प्रतिशत), ३८८ सरकारी भवनहरु (९३.४९ प्रतिशत ) र २१६ सुरक्षा निकायका भवनहरु (शतप्रतिशत)को पुनर्निर्माण भइसकेको छ।

६ लाख ११ हजार २४१ वटा निजी आवास पुनर्निर्माण सम्पन्न

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबारसम्म अनुदान सम्झौता गरेकामध्ये ६ लाख ११ हजार २४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरेको जानकारी दिएको छ। यो भनेको कूल अनुदान सम्झौता गर्नेको ७४.६८ प्रतिशत हो। हालसम्म ८ लाख १८ हजार ६२४ जना अनुदान सम्झौता गरेका छन्। हाल पुनर्निर्माण गरिरहेका लाभग्राहीको संख्या एक लाख ४६ हजार १५३ छ जुन अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो।

भक्तपुरमा ४३ प्रतिशत निजी आवासको निर्माण सम्पन्न

भक्तपुर। भूकम्प गएको ६ वर्षमा भक्तपुर जिल्लाको निजी आवास निर्माण ४३ प्रतिशत मात्र सम्पन्न भएको छ। पुनर्निर्माण गर्नुपर्ने २८ हजार ६५० घरमध्ये ११ हजार १०४ आवासको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुरले जनाएको छ। त्यस्तै प्रवलीकरण गर्नुपर्ने कूल २९ हजार ३०२ लाभग्राहीमध्ये सूचीमा परेपनि हालसम्म १२ हजार ३३२ लाभग्राहीले सम्पन्न गरेका छन्।

तनहुँमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पको ६ वर्ष पूरा हुँदा तनहुँमा ६९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लामा १४ हजार ८ सय ३७ निजी आवास पूर्ण क्षति भएकामा हालसम्म १० हजार तीन सय ५९ आवास पुननिर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई तनहुँले जनाएको छ ।  कार्यालयका अनुसार हालसम्म व्यास नगरपालिकामा एक हजार पाँच सय ६, भानु नगरपालिकामा तीन हजार दुई सय ८१, भीमाद नगरपालिकामा सात सय ९८,शुक्लागण्डकी नगरपालिकामा एक हजार तीन सय १३, बन्दीपुर गाउँपालिकामा सात सय ९१, आँबुखै...

लमजुङमा ५५ प्रतिशत पुनर्निर्माण सम्पन्न

लमजुङमा भूकम्पबाट क्षति पुगेका घरमध्ये ८ हजार ४ सय ८६ घरको पुनर्निर्माण सम्पन्न भएको छ  । जिल्लामा रहेका १५ हजार ५ सय ४३ लाभग्राहीमध्ये ८ हजार ५ सय ८६ जनाले...