काठमाण्डाै – पार्टीको आधिकारिकता दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । जसपा अध्यक्ष यादवसहितका नेताहरू शुक्रवार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको दाबी गरेका हुन् ।
जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै ठाकुर र यादव पक्षले एकले अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले जसपाको नाम, लोगो प्रयोग गर्दै आफूलाई आधिकारिक बताइरहेका छन् ।
यसै सन्दर्भमा यसअघि एक–अर्कालाई कारबाही गरे...