देउवा सरकारमा कांग्रेसबाट यी नेता बन्दैछन् मन्त्री, रिजाललाई रक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौं : नेपाली कांग्रेसबाट मिनेन्द्र रिजाल रक्षा मन्त्री बन्ने भएका छन्। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको बताएकी हुन्। जसमध्ये उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। यस्तै, दिलेन्द्रप्रसाद बडुलाई कानुन मन्त्री बनाइने भएको छ। यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्र कार्कीलाई संचार…

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्री यादव र राज्यमन्त्री कार्कीले शपथ लिँदै

पूर्व स्वास्थ्य मन्त्री नै रहेका जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाँदैछ। उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यादवले पाउने छन् भने उक्त पार्टीकै नेता दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन् ।

बागमतीका अर्थमन्त्रीलाई थप तीन मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थीक मामिलामन्त्री तथा नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् । शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा ५१ दिन अघिबाट मन्त्रीविहीन बनेका ५ रित्त मन्त्रालय मध्ये तीन मन्त्रालय लामालाई दिएका हुन् । बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद […]

मन्त्रीका थरीथरी ‘स्टन्ट’

काठमाडौं, माघ ९ ।  भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित माओवादी केन्द्रका नेता सुदन किराती माघ ३ गते संघीय सरकारको मन्त्री बने। आफ्नै पार्टी माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाए। मन्त्री पदको शपथअघि नै सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक स्टाटस लेखेर सबैको ध्यान खिचेका उनले मन्त्रालयको जिम्मेवारी […]

प्रहरीले नेता र कूटनीतिक व्यक्तिलाई भेटे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौँ : गृह मन्त्रालयले प्रहरीले कर्तव्यपालनको सिलसिलामा बाहेक अन्य समय नेता वा कूटनीतिक नियोगका कर्मचारीलाई भेटे कारबाही गर्ने चेतावनी दिएको छ।बिहीवार विज्ञप्ति जारी गर्दै  शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षानिकायको रहेको भन्दै भेट्नै परे स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र  गर्न/गराउन तथा त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन भनेको छ।विज्ञप्तिमा भनिएको छ, 'कतिपय पदाधिकारी कर्तव्यप

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज स्वीकृत गरेकी छन्।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भए पछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिएका थिए।राजीनामा स्वीकृत भएसँगै रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हालेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।

शक्तिशाली मन्त्रालयको आशमा माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपाललाई मन्त्री छान्ने जिम्मेवारी दिएको नेता विरोध खतिवडाले बताए।   उनले भने, ‘संख्यामा असन्तुष्टि भन्ने होइन। सहमतिमा भएको कुरामा हाम्रो असन्तुष्टि रहँदैन। आज बसेको गठबन्धनको बैठकले आवश्यक परिमार्जनसहित टुंग्याउला।’ मन्त्रालयको विषयलाई गठबन्धनमा कुनै समस्या नभएको उनले बताए। ‘सन्तुष्टि, असन्तुष्टि कति भए पुग्छ र ? २५ वटै

लुम्बिनी प्रदेशका  बिना विभागीय दुई मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले आज जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगा मगरले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मन्त्री ढेंगामगरले आज मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयको जिम्मेवारी दिएको जानकारी आएको र  भोलि पदभार हुने बताइन् । साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता क