रूस-युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर्न आयोगको आग्रह

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले रूस–युक्रेनको युद्धमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।आयोगले युद्धमा घाइते भएका नेपालीको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उक्त आग्रह गरेको हो।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज (आइतवार) जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मृतकका परिवार र घाइतेलाई राहत