माओवादी केन्द्र लुम्बिनीले पदाधिकारी टुंग्याउन सकेन

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकिएको छ । प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी टुंग्याउने गरी सम्मेलन सकिएको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले जानकारी दिए । एक प्रदेश सदस्यका...

सम्बन्धित सामग्री

आज पनि माओवादीले पदाधिकारी टुंग्याउन सकेन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज शुक्रबार पनि पदाधिकारी टुंगो लगाउन सकेन । आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । शुक्रबारको बैठकमा पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन नसकेपछि शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर टुंग्याइने उहाँले बताउनुभयो ।

माओवादीमा भद्रगोल : ६ महिनापछि पनि अपूरै संरचना

काठमाडौं । आठौँ महाधिवेशन सम्पन्न भएको ६ महिनापछि बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीलाई पूर्णता नदिएरै सकिएको छ ।  असार १९ गतेदेखि कमलादीस्थित प्रज्ञा भवनमा तीन दिन बसको बैठकले पोलिटब्युरो र स्थायी कमिटी सदस्यको पूर्ण नाम टुंग्याउन सकेन । त्यसैगरी पार्टीको पदाधिकारी पनि थाती नै राखेको छ ।  ०७८ पुस...