बेनी–हाँडेभीर–बरङ्जा सडक कालोपत्र हुँदै

म्याग्दी । ट्र्याक खुलेको १६ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्र हुने भएको छ ।     जिसी निर्माण सेवाले स्तरोन्नतिको जिम्मा लिएको सो सडकको ट्र्याक २०६३ सालमा खोलिएको थियो । अहिले हाँडेभीरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा बाटो विस्तार र स्तरोन्नतिको काम सकिएर कालोपत्रको तयारी गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीको ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट चार लाख ९५ हजार गरी कुल ५३ लाखको लागतमा सो सडकको स्तरोन्नति गर्न लागिएको हो । सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको सडक उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उनका अनुसार सो सडकखण्ड अन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा सय मिटर नयाँ ट्र्याक खोलिएको छ । सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोसेढुंगा सावित हुने स्थानीयवासीले बताएका छन् । यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए । सडक कोलोपत्र भएपछि यस क्षेत्रका करिब २० हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने समाजसेवी तीर्थबहादुर गुरुङले बताए । रासस

सम्बन्धित सामग्री

नेपालगञ्ज–गुलरिया सडक धमाधम कालोपत्र हुँदै

बाँके– हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताए । ‘यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेका छौँ’, उनले भने, ‘समयमै बजेट व्यवस्थापन हुनसकेमा आगामी एक वर्षभित्र […]

‘ट्र्याक’ खुलेको पन्ध्र वर्षपछि सडक कालोपत्र हुँदै

बागलुङ, माघ २६ । दक्षिण बागलुङको कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार वर्षअगाडि कालोपत्रका लागि सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर अहिले काम भइरहेको छ । पहिलो खण्डअन्तर्गत कुश्मिसेराबजारदेखि राङ्खानीसम्मको १० किलोमिटर शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते र कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड […]

छ वर्षपछि थली सडक कालोपत्र हुँदै

चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।...

रुकुम पूर्वको भूमेमा पहिलो पटक सडक कालोपत्र हुँदै

काठमाडौँ – रुकुम पूर्वको भूमे गाउँपालिकाको सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र हुने भएको छ । गाउँपालिकामा धेरै ठाउँमा सडकको ट्र्याक खोलेको भए पनि पहिलो पटक सिसाघारी–सीमा–झुम्लाबाङ–राङ्सी ग्रामीण सडकखण्ड कालोपत्र हुने भएको हो । स्थानीय पूर्वाधार विभाग, ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)को आयोजना र एसियाली विकास बैंकको आर्थिक सहयोगमा उक्त सडक कालोपत्रको हुने गाउँपालिका अध्यक्ष होमप्रकाश […]

कालोपत्र हुँदै सिगाना–बरेङ शान्तिपुर सडक

बागलुङ । बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्र हुने भएको छ । साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्न सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको छ । उक्त सडकसँगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रका लागि सो प्रक्रिया शुरू गरेको हो । बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर कृष्णबहादुर खड्काले जानकारी दिए । ‘डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी वैशाख १५ गते पूर्वाधारसहित कालोपत्र गर्न ठेक्का आह्वान गरेका छौँ,’ खड्काले भने, ‘यस निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सांसदले रोजेर सिफारिस गरेको सडक हो, ठेक्का सम्झौता गरेको साढे दुई वर्षमा कालोपत्र भइसक्नेछ, उक्त सडक लामो भए पनि अहिले सडकको शुरूबाट १० किलोमिटर सडक कालोपत्र गरिने छ ।’ लामो समय बजेट अभावले कालोपत्रका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर कालोपत्रको चरणमा प्रवेश गरेको बागलुङ क्षेत्र नम्बर एकका सांसद डा. सूर्य पाठकले बताए । ‘निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत बागलुङ बजार हुँदै सिगाना, चापाखर्क, बरेङ हुँदै शान्तिपुर पुग्ने सडक छनोट गरेर सिफारिस गरेको थिए,’ डा पाठकले भने, ‘म निर्वाचित भएको पाँच वर्षभित्र सडक कालोपत्र भइसक्थ्यो, बीचमा बजेट अभावका कारण ठेक्कामा जान सकेन, अहिले ढिलै भए पनि ठेक्कामा गएको छ, कालोपत्र हुने भयो ।’ यो ठेक्काअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्म सडक कालोपत्र भइसकेका कारण बोक्सेबाट बौडैचौरसम्म कालोपत्र हुँदा यहाँका जनताले विकासको महसुस गर्ने बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए । उक्त सडकको १० किलोमिटरमा नाली, पर्खाल, कल्र्भटलगायतका पूर्वाधार निर्माणपश्चात् सडक कालोपत्र गरिने सडक डिभिजन कार्यालय बागलुङले बताएको छ । रासस

८० किलोमिटर सडक कालोपत्र हुँदै

कन्चनपुर । निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा ८० किलोमिटर सडक कालोपत्र गर्ने तयारी भएको छ ।

बेनी-हाँडेभीर-बरङजा सडक कालोपत्र हुँदै

ट्र्याक खुलेको १६ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर-बगरफाँट-सुर्केमेला-बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्र हुने भएको छ ।

१७ वर्षपछि कुश्मीशेरा बजारको सडक कालोपत्र हुँदै

बलेवा–कुश्मीशेरा बजारको सडक कालोपत्र गर्न थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि जैमिनी नगरपालिकाले कालोपत्र गर्न थालेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम थालेको भए पनि वर्षाका कारण काम हुन सकेको थिएन । म्याद थप भएको योजनाको काम पुस महिनाभित्रै सकिने […]

१७ वर्षपछि कुश्मीशेरा बजारको सडक कालोपत्र हुँदै

बलेवा । कुश्मीशेरा बजारको सडक कालोपत्र गर्न थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि जैमिनी नगरपालिकाले कालोपत्र गर्न थालेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम थालेको भए पनि वर्षाका कारण काम हुन सकेको थिएन । म्याद थप भएको योजनाको काम पुस […]

धमाधम कालोपत्र हुँदै डोटीका शाखा सडक

डोटी – सडक निर्माण गरिएको वर्षाैँपछि डोटीका शाखा सडक अहिले धमाधम कालोपत्र गर्न थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्र हुन लागेका हुन् । पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार डोटीमा ८६ किलोमिटर शाखा सडक कालोपत्र गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।  सुदूरपश्चिमको प्रमुख पर्यटकीय तथा प्रसिद्ध धार्मिक क्षेत्र खप्तड जोड्ने पहुँच मार्गका रूपमा रहेको सिलगढी–झिग्राना सडक, कालिका मन्दिरदेखि झिग्रानासम्मको आठ किलोमिटर सडक, सिलगढीदेखि कालिका मन्दिरसम्मको साढे सा...