स्कुटर दुर्घटनामा घाइते युवतीको उपचारका क्रममा मृत्यु

स्कुटर दुर्घटनामा घाइते भएकी एक युवतीको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गत मंसिर २२ गते तनहुँ शुक्लागण्डकी–७ सेराटारमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी दुलेगौडा बस्ने २७ वर्षीया निशा थापाको उपचारका क्रममा मृत्यु भएको हो । पृथ्वीराजमार्ग अन्तर्गत अकलादेवी मन्दिरबाट खैरेनीटारतर्फ जादैँ गरेको ग १० प ८८५४ नम्वरको स्कुटर दुर्घटनामा घाइते भएकी थापाको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी

सम्बन्धित सामग्री

वनस्थलीमा स्कुटर दुर्घटना हुँदा किशोरको मृत्यु

काठमाडौँको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।काठमाडौँ महानगरपालिका–१६ वनस्थली चोकमा बा४ख ५७३९ नंको बस र बा ५७ प ३४४४ नंको स्कुटर एकआपसमा ठोकिएका थिए । गम्भीर घाइते दोङको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्कुटर  दुर्घटनामा एक जनाको मृत्यु

दाङ- दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर  दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । […]

स्कुटर दुर्घटनामा एकको मृत्यु

दाङ, १५ कात्तिक: दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए। स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको […]

दाङमा स्कुटर दुर्घटना, एकजनाको मृत्यु

दाङको तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ दुघरासमा भएको स्कुटर दुर्घटनामा स्थानीय मधुसुदन चौधरीको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।