लामो दुरीका सार्वजनिक बस सञ्चालन गर्न गृहको परिपत्र

काठमाडौं।लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि गृह मन्त्रालयलले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ। मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई लामो दुरीको सवारी साधन सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न पत्राचार गरेको हो।त्रिवि तथा लोकसेवा आयोगका परीक्षाको मिति सार्वजनिक भएकाले परीक्षार्थीलाई ध्यानमा राखेर लामो दुरीका सार्वजनिक सवारी सञ्चालनमा सहजीकरण गर्न लागिएको गृह मन्त्रालयको पत्रमा उल्लेख छ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा सार्वजनिक बस व्यवस्थापनमा सकस, वर्षेनी चुनौती थपिंदै

काठमाडौं । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।            काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।            विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौंडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।            सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।            काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् ।   हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन्।  काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ ।            कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस

धुलिखेलसम्म पुग्ने भयो सुन्दरको बिजुली बस

१४ असोज, काठमाडौं । काठमाडौंबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म नियमित विद्युतीय सार्वजनिक बस सञ्चालन हुने भएको छ । सुन्दर यातायात प्रालिले ल्याएका बिजुली बसले रत्नपार्कदेखि धुलिखेलसम्मको रुटमा सेवा दिने भएको हो । सेवा सञ्चालनका लागि बुधबार परीक्षण गरिएको …

संक्रमणमुक्त हवाई सेवा

सरकारले अन्ततः पाँच महिनापछि हवाई सेवा सुचारु गर्ने निर्णय गरेसँगै उत्साहको सञ्चार भएको छ । कोरोनाभाइरस संक्रमण शून्य हुने सम्भावना नरहेकाले अब ‘न्यू नर्मल’को अवधारणामा जानुको विकल्प नभएको विश्वव्यापी मान्यता पछ्याउँदै सरकारले आर्थिक सामाजिक गतिविधि सुचारु गरेको देखिन्छ । छोटो दूरीको सार्वजनिक बस सञ्चालन सुरु गरेसँगै हवाई सेवा सुचारु गर्नैपर्ने आवश्यकता महशुस भइरहेका बेला सरकारले उचित निर्णय लिएको देखिन्छ । यस निर्णयसँगै हवाई सेवालाई संक्रमणमुक्त बनाउनका लागि भने उचित मापदण्ड, पूर्वाधार र त्यसको कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ । हवाई यातायातले यात्रुलाई सेवामात्र दिन सकोस्, कोरोना संक्रमण प्रसारको माध्यम नबनोस् ।

काभ्रेमा पनि सार्वजनिक बस चल्न थाले

गत चैत ११ गतेदेखि बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका सार्वजनिक बस चल्न थालेका छन् । बनेपा, पनौती, धुलिखेल, भकुण्डे, पाँचखाललगायत क्षेत्रमा फाट्टफुट्ट बस सञ्चालन हुन थालेका हुन् ।

आजदेखि काठमाडौंमा सार्वजनिक बस सञ्चालन

काठमाडौं : यातायात व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक बस सञ्चालन गरेका छन्।  सार्वजनिक यातायात केन्द्रीय महासंघअन्तर्गत सञ्चालित १७७ वटै कम्पनीका बसहरु सञ्चालनमा आएको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए। आइतबार परीक्षण सञ्चालन गरिएको र सामबारदेखि सरकारले तोकेबमोजिम जिल्लाभित्रै बसहरु सञ्चालन गरिएको अधिकार...

स्वास्थ्य सतर्कतासहित मयूर यातायातले सञ्चालन गर्‍यो सार्वजनिक बस

काठमाडौं : मयूर यातायातले उपत्यकामा सार्वजनिक बस सञ्चालन गर्न शुरु गरेको छ। मयूरले आजदेखि बस चलाउन शुरु गरेको हो। सुरक्षा सतर्कतासहित मयूरले बस चलाउन शुरु गरेको छ। बसमा स्यानिटाइजरको व्यवस्था गरिएको छ भने सामाजिक दुरी कायम गरेर यात्रु चढाइएको छ। मयूर यातायातले सोमबार विहानबाट ६ वटा बसमार्फत सेवा सुरु

पूर्वमा प्रहरीले चलायो सार्वजनिक बस

२१ वैशाख, विराटनगर । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले गरेको हड्तालका बेला पूर्वी नेपालमा प्रहरीले बस चलाएको छ । प्रहरीले भखरै मात्र कम्पनीमा दर्ता भएको एरिना सार्वजनिक यातायातको बस सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिएको हो । प्रहरीको सहयोगमा सुनसरीको इटहरीदेखि झापासम्मको रुटमा सो कम्पनीका १० वटा गाडी गुडाइएको हो । एरिना यातायातका सञ्चालक समीर …