पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भेगमा बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोखिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । अहिले प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । रातिको समयमा देशभर आंशिकदेखि स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबार पनि सुदूरपश्चिमाञ्चल र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम ७ दशमलब ६ र अधिकतम तापक्रम १८ दशमलब २ डिग्रि सेल्सियस रहेको छ ।

सम्बन्धित सामग्री

आजको मौसम सफा, भोलि रातिदेखि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज सबैजसो क्षेत्रमा घाम लाग्ने सम्भावना छ । तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम सफा रहे पनि भोलि रातिदेखि भने पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने अनुमान रहेकाले भोलि रातिदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । यो...

आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना‚ सोमबारसम्म मौसम बदली हुने

काठमाडौं : नेपालमा फेरि अर्को मौसमी प्रणालीको भित्रिएकाले केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।मौसमविद गंगा नगरकोटीका अनुसार नेपालमा हाल रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर भए पनि शनिबार बिहानदेखि पश्चिम नेपालबाट अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ। जसको प्रभावले शनिबार‚ आइतबार र सोमबारसम्म क्रमशः मुलुकभर प्रभाव पार्ने विभागले अनुमान गरेको छ।अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका विभिन्न स्थानमा बादल लागेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिन

पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार

कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।  वर्षा र हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। बिहीबार देशभर आंशिक देखि सामान्य बदली रही  पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथ

चिसोबाट कसरी बच्ने ? डा.नीरज बमका टिप्स

काठमाडौं । देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । काठमाडौं उपत्यकासहितका मुलुकका विभिन्न क्षेत्रमा बदली छ । जसकारण आज बिहान चिसो झनै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र बुधबार वर्षा र हिमपातको सम्भावना छ । जसले चिसो झन बढाउनेछ […] The post चिसोबाट कसरी बच्ने ? डा.नीरज बमका टिप्स appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देशभर चिसो बढ्दै : वर्षा र हिमपातको सम्भावना

मंसिर १७, काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।            काठमाडौं उपत्यकाको आकाशमा बिहानैदेखि बदली छ । घाम राम्रो नखुलेका कारण उपत्यकामा बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर अर्थात् १० डिग्री सेल्सियस रहे पनि बदलीका कारण चिसो बढेको छ । पछिल्लो साता काठमाडौँको न्यूनतम तापक्रम छदेखि आठ डिग्री सेल्सियस हाराहारी थियो । शुक्रवार काठमाडौंको न्यूनतम १० दशमलव ८ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।            महाशाखाका अनुसार दिउँसो सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।            रातिको समयमा पनि कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनका साथै देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।             शनिवार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आइतवार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  रासस

फेरि नेपालमा पश्चिमी वायुको प्रवेश, देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौंः नेपालमा पुनः पानी पार्ने मौसमी प्रणाली प्रवेश गरेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली सोमबार भित्रिएको हो । अब यसको प्रभावले तीन ...

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, फेरि देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौंः वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज देशैभरको मौसम बदली भएको छ । पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो । यो प्रणालीको कारण बिहीबार बिहानैदेखि ...