अर्काको ज्यान बचाउँदै गर्दा रुसका मन्त्रीको मृत्यु

रुसको आकस्मिक मामिलामन्त्री येभगेनी जिनिचेभको नोर्लिस्क शहरमा तालिमका क्रममा एकजनाको ज्यान जोगाउँदा मृत्यु भएको छ ।  मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी दियो, ‘व्यक्तिको ज्यान बचाउने क्रममा मन्त्री जिनिचेभको मृत्यु भएको हो ।’ यस विषयमा थप विवरण आउन बाँकी छ ।