‘महिला दिवस’

श्रमिक महिला दिवसको हार्दिक शुभकामना। १११औँ महिला दिवसको शुभकामना।। आधा जनसंख्यालाई हाम्रो हार्दिक शुभकामना। समाज परिवर्तनका विचारले शुभकामना।। लालसलाम छ क्लारा जेटकिनको हिम्मतलाई। लालसलाम दोश्रो अन्तराष्ट्रियको निर्णयलाई।‌। क्लारा जेट्कीन समाज परिवर्तनकी नेता हुन्। सर्वहारा वर्गीय दृष्टिकोणकी सम्वाहक हुन्।। जर्मनीमा जन्मेर पेरिस नै कर्मभूमि बनायौ। जहाँ सन्तान हुर्काउँदै क्रान्तिको त्यो बाटो बनायौ।। अनि रुसी कम्युनिष्ट पार्टीलाई आदर्श बनायौ। रुसी आक्टोवर क्रान्तीलाई पथ प्रदर्शक बनायौ।। रोजा र एलेक्जेंड्राको महत्व पनि कम होइन। महिला संघर्षको उच्च इतिहास कम होइन।। अवसरवादीविरुद्ध नारी शसक्त उर्जा बन्दै। नारीको विजय पथमा लम्के अजय शक्ति बन्दै।। तिम्रो अद्धितीय हिम्मत नारी जातीलाइई उर्जा हो। तिम्रो समाजवादी चिन्तन स्वर्णिम पदचाप हो।। तिम्रो अद्बभूत कार्य महिला मुक्तीको नै बाटो हो। सामाजिक संरचनाविरुद्ध मिलको पथ्थर हो।। महिला मुक्ती आन्दोलनका सिपाहीलाई सलाम। शासन फेर्ने महान लक्ष्यका नेतृलाई सलाम।। संरचनाविरुद्ध हुंकार भर्दै सँगै आउ तिमी। टाउकाले टेकेको व्यवस्था भत्काउन आउ तिमी।। महिला दिवसमा आउ सबैले यही प्रण गरौं। राष्ट्रियता गणतन्त्र बचाउँ, सबैले प्रण गरौं।। महंगी, भष्ट्राचारविरुद्ध मोर्चाबन्दी गरौं अब। नभमा नारी शक्तिको किल्ला सुदृढ बनाऔँ अब।। (खिमराज चालिसे, चंडिगढ)