‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम, बलात्कारको घटना दिनदिनै बढ्दैछ तर गृहमन्त्री भन्छ नेपालमा कम छ । ए हजुर एउटा प्रश्न गर्न पाइन्छ हामीलाई सास फेर्न कसको अनुमति चाहिन्छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर कलेजका छात्राले महिला हिंसा र विभेदविरुद्धको आन्दोलनअन्तर्गत शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।प्रदर्शनका लागि उनीहरू वसन्तपुरमा कालो पहिरनमा भेला भएका थिए । सबैका हातमा महिला हिंसा र विभेदविरुद्ध लेखिएका प्लेकार्ड थिए । उनीहरूको आँखामा कालोपट्टी र मुखमा कालो मास्क थियो । अ