मनकामना केवलकारमा यात्रुको चाप बढ्दै

असोज २२, काठमाडौं । कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ । गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा नौरथा लागेसँगै यात्रुको चाप बढेको हो । मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीवार केवलकार यात्रा गर्नेको संख्या दुई हजार ३०० रहेको थियो । खुलेको पहिलो दिन भदौ २३ गते ५०० हाराहारी रहेको संख्या क्रमशः बढ्दै गएको हो । गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो । कोभिडका कारण ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताए । विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन आठ हजार ८०० सम्म यात्रुले केवलकार चढेको तथ्यांक छ । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारस्थित चेरेसमा केवलकारको मुख्य स्टेशन छ । त्यहाँबाट गोरखाको मनकामनामा केवलकार चढेर मन्दिरको दर्शन गर्न भक्तजन जाने गर्दछन् । भारतीय पर्यटक आइनसकेकाले संख्या धेरै बढेको छैन । भारतीय पर्यटक आएसँगै यो संख्या बढेर जाने शेरचनले बताए । रासस

सम्बन्धित सामग्री

मनकामना केवलकारमा यात्रुको चाप बढ्दै

चितवन । कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ । गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा नौरथा लागेसँगै यात्रुको चाप बढेको हो । मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीबार केवलकार यात्रा गर्नेको सङ्ख्या दुई हजार ३०० थियो । खुलेको पहिलो दिन भदौ २३ […]

मनकामना केबुलकार बन्द हुने

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि छ दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताउनुभयो । यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले छ बन्द गर्न लागिएको उहाँको भनाइ छ । नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

क्षमता विस्तार गर्दै मनकामना केबलकार

नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो । “बढ्दो यात्रु चापलाई सम्बोधन गर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,” कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, “क्षमता विस्तारपछि दैनिक थप एक हजार यात्रुलाई सेवा दिन सकिन्छ ।”