राष्ट्रिय विभूतिको नाममा पार्क

लमजुङ । पूर्वी लमजुङको राइनास नगरपालिका–९ मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण भएको छ । ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा राष्ट्रिय विभूतिकोे नाममा ‘भक्ति थापा पार्क’ निर्माण भएको हो । पाँच रोपनी जमिनमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण भएको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार पार्कसम्म आउने पक्की बाटो, पार्कमा ‘टी […]

सम्बन्धित सामग्री

व्यक्तिको नाममा दर्ता भएको जग्गा फर्काएर सामुदायिक भवन र पार्क

२४ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगर टोल सुधार समितिले सामुदायिक भवन र सुवर्ण पार्क निर्माण गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएपछि कानुनी लडाइँ लडेर समितिले त्यो जग्गा सार्वजनिक बनाएको हो । त्यही जग्गामा उसले सामुदायिक भवन र पार्क बनाएको हो । काठमाडौं महानगरपालिका–१० स्थित जोगीकुटी भनिने ठाउँको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता […]

काठमाडौं महानगरद्वारा यम बुद्धको नाममा पार्क बनाउन डेढ करोड विनियोजन

महानगरले यसअघि स्व.र्‍यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । उक्त सालिक बनाउने निर्णयको विरोध भएपछि विष्णुमतीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बनाउने निर्णय गरेको हो।...

यम बुद्धको नाममा पार्क बनाउन काठमाडौं महानगरले छुट्यायो डेढ करोड

काठमाडौं महानगरपालिकाले स्व. यम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले यसअघि र्‍यापर...

यम बुद्धको नाममा १ करोड ५० लाखको पार्क बनाउँदै महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले १ करोड ५० लाख खर्चेर र्‍यापर यम बुद्धको नाममा पार्क निर्माण गर्ने भएको छ। महानगरपालिका वडा नम्बर १६ नयाँ बजारमा रहेको जग्गामा पार्क बनाउने तयारी भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।महानगरको ७ रोपनी जग्गामा १ करोड ५० लाख बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। यसअघि यम बुद्धको सालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो।उक्त निर्णयले महानगर विवादितसमेत बनेको थियो। सामाजिक सञ्जालमा चर्का

गण्डकीमा मुख्यमन्त्री र नेताका आफन्तकाे नाममा करोडौं बजेट

२६ असार, पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले सरकारी बजेट आफ्ना दिवंगत आफन्तको नाममा कोष र पार्क बनाउन विनियोजन गरेको पाइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्री मेषलाल श्रेष्ठ, कांग्रेस केन्द्रीय नेता अर्जुनप्रसाद जोशी, कांग्रेस नेतृ सीताकुमारी काफ्ले लगायतले प्रदेश सरकारको बजेट दिवंगत आमाबाबुको नामको योजनामा पारेका छन् । मुख्यमन्त्री पोखरेलले दिवंगत बाबु गोवद्र्धन […]

पार्क र मन्दिरका नाममा वाग्मतीको किनारमै पक्की संरचना

२६ माघ, काठमाडौं । काठमाडौंको वाग्मती नदी किनारमा अतिक्रमण भन्नासाथ धेरैले ‘सुकुम्वासी’ बस्तीहरु सम्झन्छन् । तर पछिल्लो पटक धार्मिक तथा सामाजिक संघ संस्थाको नाममा बहाव क्षेत्र मिच्ने काम भइरहेको छ, जसको संरक्षण राजनीतिक दलका नेता कार्यकर्ताले गर्ने गरेका छन् । वाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार नदीको दायाँ-बायाँ २०-२० मिटर क्षेत्रभित्र संरचनाहरु बनाउन नपाइने नियम […]

रौतहटमा माओवादीका प्रथम शहीदको नाममा स्मृति भवन र पार्क निर्माण

रौतहटको फतुवा विजयपुर नगरपालिकामा शहीद मनरुप महतो स्मृति भवन तथा पार्क निर्माण भएको छ । नेकपा माओवादीको रौतहटको प्रथम सहिद महतोको नाउँले फतुवा विजयपुर ९ मा स्मृति भवन तथा वडा ११ भैंसहीमा स्मृति पार्क निर्माण  गरिएको हो ।जनयुद्धको क्रममा फतुवा विजयपुर ११ भैंसहिका माओवादी कार्यकर्ता मनरुप महतो रौतहटका पहिलो शहीद हुन । महतोको मकवानपुर र सिन्धुलीको सिमानामा रहेको तोरीबारिमा २०५७ साल भदौ ५ गते आफैले बम बनाएर चेक गर्ने क्रममा दुर्घटनावश मृत्यु भएको नेता त्रिभुवन साहले जानकारी दिएका छन्

३० लाख सरकारी बजेटमा महराकी श्रीमतीको  सम्झनामा बन्यो पार्क

काठमाडौं । पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य  कृष्णबहादुर महराकी पत्नी सीता महराको सम्झनामा रोल्पामा स्मृति पार्क निर्माण गरिएको छ ।दिवंगत सीता महराको नाममा स्थापना गरिएको सीता महरा मेमोरियल फाउन्डेसनले  महराको गृहनगर रोल्पा नगरपालिका १ मेबाङमा आकर्षक स्मृति पार्क निर्माण गरिएको फाउन्डेसनका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए ।उनका अनुसार संघीय सरकारको ३० लाख र बाँकी जन श्रमदानबाट पार्क निर्माण गरिएको हो । दिवंगत सिता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगु

सञ्चालनमा नआउँदै भत्किन थाल्यो तम्घासको थ्रिडी पार्क

गुल्मी : रेसुंगा नगरपालिका–८ तम्घासमा रहेको थ्रिडी पार्क दिसा गर्ने स्थानको रुपमा परिणत भएको छ। पार्क निर्माण भएको करिब दुई वर्ष पुग्दा पनि सञ्चालनमा आएको छैन।पार्कमा स्थानीयको मनपरि चलको छ। पार्कमा जानेहरुले फोहोर गर्ने, शौच गर्ने गरेको पाइएको छ। प्रवेशद्वार गेट भाँचिएको छ। अन्य संरचनाहरु पनि भत्किन थालेका छन्।रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाख रुपैयाँमा पार्क निर्माण गरिएको हो। तम्घासको पहिचान नै गुम्योपहिले  लाँकुरी मञ्चको नाममा चिनिने

प्रधानमन्त्रीको नाममा पार्क : मेयरले विराटनगरमा बनाउने, मुख्यमन्त्रीले झापामा

१२ असार, विराटनगर । राजनेताको नाममा पार्क बनाउन विराटनगर महानगरपालिका र प्रदेश-१ सरकारले बजेट विनियोजन गरेको छ । महानगरले विराटनगरमै प्रधानमन्त्री पार्क निर्माण गर्न पाँच करोड विनियोजन गरेको छ । प्रदेश सरकारले भने झापाको दमकमा राजनेता पार्क बनाउनका लागि एक करोड बजेट विनियोजन गरेको हो । दुवै सरकारले निर्माण गर्ने भनेको पार्कमा प्रधानमन्त्रीको शालिक राखिने […]