निर्वाचन आयोगको अनुगमन टोलीद्वारा निर्वाचन सामग्री जफत

काठमाडौंं, वैशाख १८। निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौंको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ । आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा गएको टोलीले सो चुनावी सामग्री जफत गरेको हो । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगको अनुगमन टोलीले काठमाडौंको रत्नपार्क, बागबजार, पुतलीसडक, […]