हेटौंडा : नेकपा एमालेको सचिव योगेश भट्टराई नेपाली काङ्ग्रेस इतिहास बोकेको तर भविष्य नभएको पार्टी रहेको बताएका छन्।बिहीबार हेटौंडामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले काङ्ग्रेस लामो इतिहास बोकेको पार्टी भए पनि भविष्य भने नभएको टिप्पणी गरेका हुन्।एमालेको विषयमा टीका टिप्पणी गर्ने काङ्ग्रेसमा वैचारिक बहस नभएको उनले बताए। भट्टराईले एमालेले आफ्नो विचारलाई ओझेल पर्न नदिन विधान अधिवेशन गरेको भन्दै काङ्ग्रेसले महाधिवेशनमा पेस गर्ने वैचारिक प्रतिवेदन के बनाएको छ भन्दै प्रश्न