नेकपा एमाले केन्द्रीय कमिटीका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १५ जना प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । तर, ५ ले जित्दा ५ ले हारेका छन् भने ५ गणना बाँकी छ । अध्यक्ष ओली झापा–५ बाट निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट पराजित बने । त्यसैगरी उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन १ बाट पराजित भए भने उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेलको अन्तिम नतिजा आउन बाँकी नै छ । पौडेल रुपन्देही २ र नेम्वाङ इलाम २ बा