काठमाडौं : निरन्तरको झरीपछि मौसममा सुधार आउने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार मौसम केही खुल्ने र घाम लाग्ने जनाएको छ।मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि मौसममा सुधार भई घाम लागेको छ । यद्यपि गण्डकीसहितका पहाडी भूभागका केही स्थानमा शुक्रबार पनि आशिंकदेखि सामान्य बदली रही सामान्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशसहितका केही भूभागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ । आइतबारदेखि पुनः देशैभर मौसममा पूर्ण बदली हुन
पश्चिमी क्षेत्रमा झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा आज बिहानैदेखि घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना भने हटेको छ । पश्चिमी क्षेत्रका पहाडी जिल्लामा भने झरीले
शनिबार रातिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा जारी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव शनिबारदेखि क्रमशः कमजोर हुँदै जाने भएको हो ।
शुक्रबार बिहानैदेखि परेको वर्षाका कारण देशका हिमाली र उच्च पहाडी भेगमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिक बदली रहनेछ। यस्तै प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका ...
पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । “बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ”, उनले भने ।
बिहीबार प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू&n...
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि मौसममा सुधार आउने जनाएको छ । पश्चिमी वायुको प्रभावले विहीबार देशका विभिन्न स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
काठमाडौं : आजदेखि मौसममा क्रमिक सुधार आउने भएको छ। अहिले बिहान भने केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का बदली र हिमपातको सम्भावना छ। दिउँसोदेखि धेरैजसो क्षेत्रमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासीले जानकारी दिइन्। उनकाअनुसार प्रदेश १, बागमती र गण्डकीका केही पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहे पनि ती प्रदेशमा मौसम सफा भइसकेको छ। काठमाडौं उपत्यकाको मौसममा पनि क्रमिक सुधार भइरहेको छ। हिजो बिहानैदेखि देशका सबैज
काठमाण्डाै - हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको छ ।
यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । तर, आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि मौसममा सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
उहाँकाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य...
काठमाडौं, मंसिर ५। एक साता अघिबाट बिग्रिएको मौसम विस्तारै सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबारदेखि काठमाडौं उपत्यकासहित मुलुकभरीको मौसममा सुधार आउने अनुमान गरिएको छ । आइतबार बिहानै काठमाडौं उपत्यकामा तुवाँलो लागेपनि मध्यान्हबाट वातावरण सफा हुने बताइएको छ।त्यस्तै, आज मुलुकका सबैजसो स्थानहरुमा घाम लाग्नेछ। प्रदेश १ का केही […]
पछिल्ला तीन दिनको झरीपछि आइतबारबाट मनसुन केही कमजोर बनेको छ । सोमबार र मंगलबारबाट मौसममा थप सुधार आउने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार नेपालको तराईकेन्द्रित...
भदौ ११, काठमाडौं । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिवारदेखि केही कमजोर हुने भएको छ ।
न्यून चापीय रेखा शुक्रवार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिवारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।
देशभर सामान्यदेखि पूर्ण बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ । हाल बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ । त्यस्तै प्रदेश नं १, बाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।रासस