राहुल महरा पुर्पक्षका लागि केन्द्रीय कारागार चलान

विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पुर्पक्षका लागि कारागार चलान भएका छन् । राहुल सुन्धारास्थित केन्द्रीय कारागार चलान भएको केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले बताए ।