काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री देउवा शीतलनिवास पुगेको हुन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेकाे राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। राष्ट्रपति र प्रधानमन्त्रीबीचको नियमित भेटवार्ता भएकाे उनले बताए। देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी छ। बालु