छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। नेपाल प्रहरीकाअनुसार रुपन्देही, रौतहट, झापा र मकवानपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो। रुपन्देहीको कंचन गाउँपालिका-४ थकाली चोक, रौतहको गुजरा नगरपालिका-६ बेदौलीनगर, झापाको मेचीनगर नगरपालिका-१० टिकापुर र मकवानपुरको भिमफेदी गाउँपालिका-३ कैलाश डाँडा ऐनाभिरमा सवारी दुर्घटना भएका हुन्।