संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले प्रतिनिधि सभाको चालू हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । सोमवार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिश गरिएको महिला बालबालिका तथा समाजकल्याण मन्त्री जुली महतोले लोकान्तरलाई जानकारी दिइन् । वैशाख अन्तिम साता बजेट अधिवेशन बोलाउनुपर्ने भएकाले संसद्को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय भएको अर्का एक मन्त्रीले जानकारी दिए । प्रतिनिधि सभाको बैठक मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको थियो । यसअघि गत असार महिनामा पनि प्रतिनिधि सभाको बैठक तोकिएको अवस्थामा अधिवेशन अन्त्य ...

सम्बन्धित सामग्री

प्रदेश १ हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेश नंं.१ मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।...

वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले  प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा  प्रतिनिधिसभाको  अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई  आजै सिफारिस भएको उनको भनाइ छ । यसअघि सरकारले बिजनेस नभएको भन्दै सभामुखसँग समेत परामर्श नगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।(नोट : यसअघि संसदको बजेट अधिवेशन बोलाइएको भन्ने व्यहोरा पर्न गएको

संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।