उद्यमशीलताको विकास, उत्पादन तथा रोजगार प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस क्षेत्रको माग सम्बोधन गर्ने बताएका छन् ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्रीले परिसङ्घका तर्फबाट प्रस्तुत गरेका रायसुझाव समय सान्दर्भिक एवं सकारात्मक रहेको भन्दै विस्तृत अध्ययन तथा छलफल गरेर कार्यान्वयनमा ल्याउने बताए ।
सामाजिक उत्तरदायित्वअन्तर्गत रकमलाई उच्चतम उपयोग गर्नका लागि परिसङ्घसँग सहकार्य गर्न अर्थ मन्त्रालय सकारात्मक रहेको मन्त्री श...