अफगानिस्तानमा तालिवानले सरकार बनायो, मुल्लाह मोहम्मद हसन प्रधानमन्त्री

अफगानिस्तानमा तालिवानहरुले नयाँ सरकार घोषणा गरेका छन् । काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो । घोषणा अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने भएका छन् । त्यस्तै, उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । बरादर तालिबान समूहका सहसंस्थापक समेत हुन् । उनी यसअघि कतारको राजधानी दोहामा अमेरिका र तालिवानबीच सम्पन्न  शान्तिवार्तामा सहभागी हुँदै आएका थिए ।समूहका अनुसार नयाँ मन्त्रिपरिषदमा सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन् । उनी  हक्कानी सञ्जालका प्रमुख समेत हुन्। त्यस्तै, कार्यबहाक रक्षामन्त्री मुल्लाह याकुब र कार्यबहाक  विदेशमन्त्री आमिर खान हुनेछन् । तालिवानले गत शुक्रबार नै नयाँ सरकार गठन गर्ने बताए पनि आन्तरिक विवादका कारण सरकार गठनमा ढिलाइ भएको हो । केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए । अन्तर्राष्ट्रिय समर्थन खोज्नु र बढ्दो मानवीय संकटलाई सम्बोधन गर्नु  तालिबान सरकारको मुख्य मुख्य काम हुनेछ । (एजेन्सी)

सम्बन्धित सामग्री

सरकार भ्रष्टाचारको जरोसम्मै पुग्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारको जरैसम्म पुग्ने दृढता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै प्रधानमन्त्रीले सुशासनका निम्ति सरकार साहसिक रूपमा अघि बढेको बताए ।  ‘देश निकै निराशा,...

यो सरकार ५ वर्षसम्मै टिक्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन।

स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए । ‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नागरिकको […]

सरकार सही दिशामा अगाडि बढिरहेको प्रधानमन्त्री देउवाको दाबी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रवार टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कामहरूबारे जानकारी दिए । उनले भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक […]

राष्ट्रिय सरकार बनाएर चुनावमा जान सकिन्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सरकार बनाएर चुनावमा जान सकिने बताएका छन्। उनले भने, ‘हामी चुनावतिर जाँदैछौं भने राष्ट्रिय सरकार बनाएर जान सकिन्छ। तर राष्ट्रिय सरकार असंवैधानिक बाटोबाट होइन, संवैधानिक बाटोबाट आउन सक्छ र संवैधानिक बाटोबाट आएको सरकारलाई मात्र स्विकार गर्न सकिन्छ।’

यसरी म सरकार चलाउन सक्दिन: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रवार सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आफूले थप सरकार चलाउन नसक्ने बताएका हुन् । सरकार चलाउन नचाहेकै कारण आफूले विश्वासको मत लिने प्रक्रियामा नगएको बताए । विरोधै विरोधकाबीच आफूले सरकार चलाउन नसक्ने भन्दै वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे । घेराबन्दी […]

राष्ट्रिय सरकार बनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको महामारीको सामना गर्न राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन्। कोभिडका विरुद्ध साझा लडाइ लड्न र महामारीको सामूहिक रुपमा सामना गर्न समेत उनले आग्रह गरेका छन्। उनले विपक्षीले सरकार बनाए आफूले रचनात्मक सहयोग गर्ने समेत बताएका छन्। उनले भने, ‘नयाँ सरकार बनेमा कोभिडविरुद्ध र अरुबेला पनि मेरो दल सहयोगी भावनाका साथ प्रस्तुत हुनेछ।’

सरकार संवेदनशील छ, जनता पनि सचेत हुनुपर्यो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशिल रहेको भन्दै संयम हुन सबैलाई अपिल गरेका छन् ।प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकको जीवनरक्षा पहिलो दायित्व हो भन्नेमा सरकार दृढ रहेको र कोभिड १९ को दोश्रो लहरको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत रहेको बताएका हुन् । उनले भने, “कुनै […]

सरकार सकेसम्म लकडाउनकाे पक्षमा छैन : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने... The post सरकार सकेसम्म लकडाउनकाे पक्षमा छैन : प्रधानमन्त्री appeared first on Purbeli News.