प्रेम चर्चाबीच मिस पबीको प्रष्टीकरण : बुवालाई भेट्न र फिल्म सुटिङका लागि अष्ट्रेलिया आएकी हुँ

काठमाडौं । टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल बनिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो सेयर गर्दै यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेका छन् । उक्त भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरेका छन् । अष्ट्रेलियामा खिचिएको यो भिडियो गत साता पोस्ट […]

सम्बन्धित सामग्री

देश बिपीको बाटोमै हिँडिराछ

वि.सं. २०४७ सालको परिवर्तनपछि जो जो सत्ताको बागडोर सम्हाल्न पुगे, उनीहरूले धेरै ठाउँमा सडकका, नगरका, अस्पतालका, प्रतिष्ठानका नामहरू धमाधम आफ्नो नाममा वा आफ्ना पुराना नेताका नाममा परिवर्तन गरिदिए । जस्तै, बिपी राजमार्ग, मदन भण्डारी लोकमार्ग, पुष्पलाल मार्ग, गणेशमान मार्ग, जेपी प्रतिष्ठान, आदि आदि । यसो गरेपछि अब कसैले देशमा सरकार र राजनीतिक दलहरू बिपी वा मदन भण्डारीको मार्गमा चलेन भन्न पाएनन् । बरु नेताहरूलाई आफ्नो भाषणमा यो भन्न सजिलो भयो कि देश वास्तवमै पुराना नेताहरूका मार्गमै चलिरहेको छ भनेर । अझ तपाईंलाई तथ्यांकसहित बोल्नुपर्ने स्थिति आयो भने देशभरिका सडकका लम्बाइ नापेर भन्न सक्नुहुन्छ कि, हाम्रो देश फलाना फलाना नेताका मार्गमा प्रत्येक दिन यति यति किलोमिटर हिँडिरहेको छ भनेर । सडक मात्र किन ? अस्पताल पनि थुप्रै नेताका नाममा खुलेकै छन् । बिपी अस्पताल, मनमोहन अस्पताल, गणेशमान अस्पताल, महेन्द्र नारायण निधि अस्पताल । अरू पनि खुल्दै जालान् । त्यसो त देश शहीदका मार्गमा पनि हिँडिनै रहेको छ । दशरथ मार्ग, धर्मपथ, शुक्रमार्ग । यसरी देश सबै पथमा हुइँकिराछ । पथ भन्नुस्, वाद भन्नुस्, बाटो भन्नुस्, सडक भन्नुस् वा मार्ग, सबै एउटै कुरा न हुन् । तर तपाईंले अहिलेका नेताले पहिलाका नेताको बाटोमा हिँडेनन्, बाटो बिराए भनेर भन्न चैं मिल्दैन । किनकि, देशभरि नेताहरूकै नामको पथ भएपछि र त्यही पथ भएर सबै हिँडेपछि कुरा सिद्धिएन र भन्या ? त्यसैले बरु सरकारले यसो गर्नु उचित हुन्छ कि अरू कुनै नाम भएका देशभरिका सडकका नाम जति सबै कुनै न कुनै नेतामा नाममा परिवर्तन गरी हाल्ने, जस्तै– प्रचण्ड पथ, देउवा मार्ग, माकुने गल्ली, झलनाथ वा झल्लु सडक आदि । यसो गरेसी हामी दुनियाँलाई गर्वका साथ यो भन्न सक्छौं कि नेपाली जनता मात्र होइन, हाम्रो ट्रक, बस, मोटरसाइकलसम्म बिपी वा सिपी पथमा यति लामो यात्रामा यसरी यसरी हिँडिरहेको छ भनेर । तपाईं कुनै पनि दलको कमसेकम केन्द्रीय कार्यालयसम्म जानुभयो भने तपाईंले देख्नुहुनेछ कि पुराना खाशगरी ती दलका संस्थापक नेताहरूका ‘अमर वाणी’ भित्तामा झुन्ड्याइएको हुन्छ । त्यसैले तपाईं सप्रमाण भन्न सक्नुहुन्छ कि ठूला नेताले देखाएको बाटोमा हाम्रो देश हिँडे पनि नहिँडे पनि उभिएको भने पक्कै छ । बिपी भन्नुहुन्थ्यो रे, ‘म चाहन्छु, प्रत्येक नेपालीको छाप्रो नै सही, एउटा घर होस् र एउटा दूध दिने गाई होस् ।’ बिपीको त्यो सपना धेरै पहिल्यै पूरा भइसकेको छ । किनकि आज प्रत्येक नेपालीका आफ्नै छाप्राछाप्री छन्, चाहे ती खोला वा नदीका किनारमा हुन्, पहाडहरूमा हुन् वा तराईमा । भलै बिपीले भनेको गाई भने धेरै छैनन् । तर प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक भारत भ्रमणमा जाँदा भारत सरकारसँग विशेष अनुरोध गरेर मागेका मुर्रा राँगा नेपाल भित्रिइसकेका छन् । अब भने गाईहरू पनि पक्कै भित्रिने नै छन् । उत्तरका बादशाहले १० हजार गाई दिने कुरा चाहिँ दक्षिणका बडाकाजीले मुर्रा राँगा दिएपछि अहिलेलाई त्यसै सेलाएको छ । तर केही छैन, पहाड र तराईका आआफ्ना छाप्रा खाली गरेर अष्ट्रेलिया, अमेरिका र न्युजिल्याण्ड आदि देश पुगेका नेपालीहरूले पक्कै पनि गाई नेपाल पठाउलान् । यसरी देश चल्न त नेताहरूले भनेकै मार्गमा नै त चलिरहेको छ ! त्यस्तै, बिपीले यसो पनि भन्नुहुन्थ्यो रे, ‘एकैचोटि धेरै नखाऊ । यसले शरीर र आत्मालाई हानि गर्छ ।’ यो कुरा पनि नेपालका प्राय: नेताले अक्षरश: पालना गर्दै आएका छन् । त्यसैले उनीहरू एकैचोटि वा सबैजनाले एकै समयमा त कहिल्यै खाँदैनन् । चन्दा होस्, घुस होस् वा कमिसन । यी कुराहरू उनीहरूले विस्तारै विस्तारै र एकदमै प्रेमपूर्ण तरीकाले, एक आपसमा समय आदि तारतम्य मिलाएरै मात्र खान्छन् । यसबाट उनीहरूलाई हानि पनि गर्दैन र यसबाट उनीहरूलाई कुनै कष्ट पनि हुँदैन । सत्ता होस् या भत्ता आलोपालो गर्ने सहमति पनि बिपीकै ‘एकैचोटि धेरै नाखाऊ पथ’को निरन्तरता हो नि । पुकदापछि माकुने, अनि शेबदे बडाकाजी हुने सहमति छ क्यारे । यति भएपछि बिपी पथ ठ्याम्मै लागू भएन त ?  पुराना आदर्शवादी नेताहरूले भन्ने गर्दथे कि ‘राजनीति पेशा होइन, सामाजिक सेवा हुनुपर्छ । पेशा भयो भने लोभ बढ्छ ।’ त्यसैले त हिजोआजका नेताहरू लोभ, लालच, काम आदिबाट बच्न हरेक कुरामा एउटा आयोग बनाइदिइहाल्छन् । आयोगले पनि छानबिन, अध्ययन आदि पछि एउटा रिपोर्ट तयार गरेर राख्छ, जसलाई कि त आयोगले नै, कि नेताले अन्तमा गायब पार्दिन्छन् । यसरी पापकर्म जति सबै आयोगले अर्थात् आयोगका सदस्यका खातामा जान्छ । तर नेताहरू भने चोखै निक्लन्छन् । यसरी देश जता, जुन दिशामा गए पनि यत्ति चाहिँ भन्न सकिन्छ कि, देश पुराना र संस्थापक आदर्श नेताहरूका मार्गमै हिँडिरहेको छ भनेर । यो देशमा खासगरी नयाँ पुस्ताका नेताहरूले पुराना नेताहरूलाई देख्न वा भेट्न नपाएका भए पनि उनीहरूले पुराना नेताका फोटो भने अवश्य देखेका छन् । पुराना नेताहरूका जन्मदिन वा मृत्यु दिवसमा विशेष कार्यक्रम पनि हुने गरेका छन् । पुराना नेताहरूले भनेका कुरा अहिलेका नेताहरूले नपढे पनि पक्कै सुनेका चैं छन् । त्यत्ति भए पुगिहाल्छ नि ।  त्यसैले त अहिलेका नेताले पनि बेलाबेलामा उहिलेका नेताले झैं पहिरनमा सजिने, उनीहरूले बोलेका कुराहरू आफ्ना भाषणमा दोहोर्‍याउने गर्दछन् । यत्ति गरे पछि त भैगो त ! यसरी देश त पुष्पलाल, मदन भण्डारी अझ बिपी मार्गमा मज्जाले हिँडिरहेकै छ त । यसमा कुनै शंका छ र ?

पाँच वर्षसम्म कानमा इयरबड अड्किएकाे थाहै पाएनन् विलिसले

इंग्ल्याण्डका विलिस लीको कानमा पछिल्लो पाँच वर्षदेखि इयरबड अड्किएको थियो। अहिले उनले इयरबड निकालेपछि राहत महसुस गरेका छन्। विलिस ली रोयल नेवीमा काम गर्छन्। पाँच वर्षअघि विलिस आफ्नो परिवारलाई भेट्न अष्ट्रेलिया जाँदै थिए। हवाइयात्राको क्रममा उनले हवाइजहाजको कोलाहलबाट बच्न उनले कानमा इयरबड राखे र यात्रापछि निकाल्न बिर्सिए। लामो समयसम्म उड्डयन उद्योगमा काम गरेकाले स्पष्ट रूपमा […]

रोहितलाई भेट्न नेपाली समर्थक पुगे अष्ट्रेलिया (भिडियोसहित)

भारतीय क्रिकेटर रोहित शर्मालाई भेट्न नेपाली समर्थक महेन्द्र अष्ट्रेलिया पुगेका छन् । महेन्द्र १० वर्षको उमेरदेखि रोहितलाई समर्थन गर्दै आइरहेका छन् । उनी रोहितसँग भेट्न नै आईसीसी टी–ट्वान्टी विश्वकपका क्रममा त्यहाँ पुगेका हुन् । महेन्द्रको पुरा नाम र थप विवरण भने खुलिसकेको छैन । ‘म रोहित शर्माको ठूलो फ्यान हुँ । उनी भारतीय टोली र मुम्बई इन्डियन्सका कप्तान पनि हुन् । म उनलाई विशेष गरी हेर्न आएको हुँ । म दश वर्षको उमेरदेखि नै उनलाई फलो गर्दै आएको छु,’ सामाजिक सञ्जालमा सार्वजन

बाइडेनले ह्ववाइट हाउसमै भेट्दैछन् यी चार नेता

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले अष्ट्रेलिया, जापान र भारतका प्रधानमन्त्रीसँग भेट गर्ने भएका छन्। राष्ट्रपति बाइडेनले जापानका प्रधानमन्त्री सुगा योसिहिदे, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइटहाउसमा भेट गर्न लागेका हुन्। अमेरिकी राष्ट्रपति कार्यालयकी प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै सेप्टेम्बर २४ मा राष्ट्रपति बाइडेनले उनीहरुलाई भेट्न लागेको जानकारी दिएकी छन्। उनीहरुबीच […]

https://www.onlinekhabar.com/2020/06/875601

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं प्रस्थान गरेको छ । स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो । आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया …