एमाले प्रवेश गरेकी गंगा चौधरी भन्छिन्- बाबुराम राम्रा हुन्, अासेपासे गलत भए

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिकी गंगा चौधरी एमाले प्रवेश गरेकी छिन्। उनको नाम नयाँ शक्तिले समानुपातिक तर्फको बन्द सूचीमा राखेर आयोगमा बुझाएको थियो। तर दलहरुको बन्द सूची सार्वजनिक हुँदा उनको नाम एमालेको बन्दसूचीमा भेटियो। दुवै दलको सूचीमा नाम रहेकी गंगाले सेतोपाटीसँग एमाले फर्किएको बताइन्। ‘मैले विद्यार्थी राजनीति एमालेबाटै गरेको हो’, चौधरीले भनिन्, ‘थारुलाई मधेशी कोटामा…