भारतका अडानी विश्वकै दोश्रो धनी, सन् २०२१ मा हरेक दिनको कमाई १६ अर्ब १२ करोड

‘आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२२’ बुधबार सार्वजनिक भएको छ ।  भारतका सबैभन्दा धनी १४९ को धनदौलतको स्थिति सूचीकृत यस सूचीमा अडानी समूहका अध्यक्ष गौतम अडानी १०.९४ लाख करोड भारुको सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । अडानी फोर्ब्सको सूचीमा भर्खरै जेफ बेजोसलाई उछिनेर विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन् । हरुनको धनाढ्य सूचीको दोस्रो स्थानमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी छन् । उनको सम्पत्ति ७.९४ लाख करोड भारु रहेको सूचीमा उल्लेख छ ।गत वर

सम्बन्धित सामग्री

साउदी अरबले दैनिक ९० लाख ब्यारेल तेल उत्पादन घटाउँदा पनि बढेन कच्चा तेलको भाउ

काठमाडौं । साउदी अरबले सोमवार मात्रै कच्चा तेलको उत्पादनमा ताजा कटौतीको घोषणा गरेको थियो । विश्वभर आर्थिक मन्दीको भय बढिरहँदा प्रमुख तेल उत्पादक देशहरुको बैठकलगत्तै तेलको भाउलाई टेवा दिन साउदीले जुलाई महीनामा दैनिक अरु १० लाख ब्यारेल तेल उत्पादन घटाउने अनि यो म्याद थप्ने घोषणा गर्यो ।  योसँगै साउदीको दैनिक कच्चा तेलको उत्पादन कटौती ९० लाख ब्यारेलमा पुगेको छ । यो कटौती साउदीले वर्षौयताको सबैभन्दा ठूलो कटौती थियो । साउदीको स्वेच्छिक उत्पादन कटौतीको खबरले सोमवार कच्चा तेलको भाउ बढेको थियो ।  तर मंगलवार बजार पुनः रातोमा आयो । अघिल्लो दिन भएको वृद्धि सबै गुम्यो । विश्वमा माग पूरा हुने गरी कच्चा तेलको आपूर्ति नहुने हो कि भन्ने भयलाई माग कमजोर रहने अपेक्षाले जित्दा तेल बजार दबाबमा आएको विश्लेषण गरिएको छ ।  बिहानी कारोबारदेखि नै बजार दबाबमा थियो ।  यो समाचार तयार पार्दाखेरी नेपाली समयअनुसार साँँझ ५ बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ प्रतिशतले घटेर ७४ डलर ९९ सेन्टमा आएको थियो ।  सोही समयमा अमेरिकी बेञ्चमार्क पनि  प्रतिब्यारेल २ दशमलव ०४ प्रतिशतले घटेर ७० डलर ४४ सेन्टमा आएको थियो । अघिल्लो दिनको कारोबारमा भने साउदीको घोषणा लगत्तै ब्रेन्टको भाउ २ डलर ६० सेन्ट र यूएस क्रुड ३ डलर ३० सेन्टले बढेको थियो ।  साउदीको पछिल्लो कदमले तेल बजारलाई टेवा दिने आशा गरिएको थियो । जुनमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर यथावत् राख्छ वा घटाउँछ भनेर हेर्नकै लागि लगानीकर्ताहरुले लगानी थाँती राख्दा तेल बजार दबाबमा आएको छ ।  अप्रिलमा प्रमुख तेल उत्पादकहरुले उत्पादन कटौतीको घोषणा गरेयता कच्चा तेलको भाउ झन्डै १० प्रतिशतले घटेको छ । ब्रेन्टको भाउघटेर प्रतिब्यारेल ७० डलरनजिक आयो । भाउ यो स्तरमा सन् २०२१ को डिसेम्बरयताकै न्यून थियो ।

भारतमा १५ प्रतिशतसम्म बढ्यो दूधको भाउ, ६ महीनायता देखिएन घट्ने छाँट !

काठमाडौं । भारतमा दूधको मूल्य वृद्धिको दबाब बढिरहेको छ । गाईबस्तुलाई खुवाउने दानाको भाउमा भएको वृद्धिका कारण दूधको मूल्यमा दबाब सृजना भइरहेको छ । गर्मीको सिजनमा आइसक्रिमका लागि दूधको माग बढेको अनि संक्रामक रोगका कारण गाईबस्तु मरिरहेकाले मूल्य बढेको हो । आगामी ५/६ महीनासम्म पनि यो स्थिति सुध्रिने छाँट नदेखिएको जानकार बताउँछन् ।   गएको १५ महीनामा दूध र दूधजन्य वस्तुको भाउ १४ देखि १५ प्रतिशतसम्म बढेको भारतको शीर्ष डेरी कम्पनी गुजरात कर्पोरेटिभ मिल्क मार्केटिङ फाउन्डेशनका पूर्वप्रबन्ध निर्देशक आरएस सोधीले बताए । भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक देश हो । विश्वभर उत्पादन हुने कुल दूधमध्ये २२ प्रतिशत दूध भारतमै उत्पादन हुन्छ ।  भारतपछि अमेरिका, चीन, पाकिस्तान र ब्राजिल क्रमशः दोस्रोदेखि  पाँचौं शीर्ष दूध उत्पादक देश हुन् । खाद्य कमोडिटीको मूल्यसम्बन्धी डेटाबेस प्रदायक मिनटेकले दिएको डेटाका अनुसार भारतमा सन् २०२१ को नोभेम्बरदेखि यही वर्षको शुरुको बीचमा दूधको भाउ प्रतिलिटर ४३ रुपयाबाट बढेर ५३ रुपयामा उक्लियो ।भारतमा विश्वमै सबैभन्दा धेरै दूध खपत हुन्छ ।  भारतमा हरेक घरपरिवारमा दूध खपत हुन्छ । प्रतिव्यक्ति दूध खपत दैनिक ४४० ग्राम आसपास छ । भारतीयहरूले दिनको शुरुआत नै दूध पिएर गर्छन् । चिया, कफीको रुपमा दूधको खपत हुन्छ । दूधबाट अनेकौं परिकार बनाइन्छ । अहिले दूधको माग उच्च हुने बेलामा वस्तु भाउको दानाको भाउ अकासिएपछि सोको सिधै असर दूधको भाउमा देखिएको हो । रुसले गएको वर्षको शुरुमा युक्रेनमा आक्रमण गरेयता आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएर विश्व बजारमा मकै, गहुँ, धान, जौंलगायत अन्नको भाउ बढ्यो । गाईबस्तुको दाना यही अन्न राखेर बनाइन्छ । दानाको भाउ बढिरहेको समयमा परिवहन, भन्डारण र इन्धनको भाउ भएको  वृद्धिले पनि भाउमा दबाब दियो । उत्पादन लदागत बढ्नुअघि नै कोरोना भाइरसको महामारी र गाईबस्तुमा ज्यानै जाने छालाको रोगका कारण डेरी उद्योग समस्यामा थियो । गएको वर्ष छालामा बिबिरा आउने रोगका कारण भारतमा ३ लाखभन्दा धेरै बस्तुभाउ मरेका थिए । गर्मीका महीनाहरूमा आइसक्रिम लगायतका वस्तुको माग बढ्ने भएकोले दूधको भाउ नोभेम्बरपछि मात्रै घट्ने अनुमान गरिएको छ । एजेन्सी

अनुकूल मौसमको प्रतीक्षामा चार सयभन्दा बढी सगरमाथा आरोही

काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (Rope fixing) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । सगरमाथा आरोहणका लागि दक्ष कामदार (Icefall Doctor) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण शुरू हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन् ।  चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरू भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले  जानकारी दिए । 'शुरूमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ', उनले भने, 'मौसम विवरणअनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले सायद आरोहण निरन्तर अघि बढ्छ होला ।' अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । सो क्षेत्रमा हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।  पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए । 'उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधार शिविर फर्किरहेका छन्', उनले भने, 'मौसम खुलेपछि सबै आरोहीको सगरमाथा क्षेत्रमा जाम हुन्छ ।'  आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPPC) र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ ।   सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो । पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टरहरू सगरमाथाको आधार शिविरमा फर्किएका छन् । मौसम अनुकूल हुनेबित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम शुरू हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ ।  लुक्लामा रहेका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधार शिविरमा छन् । सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको उनले बताए । शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन् । आधार शिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधार शिविर ओर्लिएका हुन् । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । उनीहरूमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।  सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका तीन सय २३ र सन् २०२१ मा ४२ समूहका चार सय नौ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मकरूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।  नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपाल तर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।  पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका Sir Edmund Hillary सगरमाथाको चुचुरोमा पुगेका थिए । सिबी अधिकारी,  रासस

एकै दिनमा झन्डै ७ अर्ब डलर नेटवर्थ बढेपछि फेरि विश्वकै सबैभन्दा धनी बने एलन मस्क

काठमाडौं । अमेरिकी विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको अर्बपतिहरुको सूचीअनुसार एकै दिनमा झन्डै ७ अर्ब डलर नेटवर्थ थपिएपछि उनी पुनः सूचीको पहिलो नम्माबरमा आएका छन् । मंगलवार ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा मस्कको नेटवर्थ १ खर्ब ८७ अर्ब डलर छ । यो अघिल्लो दिनको भन्दा ६ अर्ब ९८ करोड डलर धेरै हो । सूचीमा दोस्रो स्थानमा झरेको फ्रान्सेली लक्जरी व्यापारी बर्नार्ड आर्नोको नेटवर्थ भने १ खर्ब ८५ अर्ब डलर छ । एक दिन अघिको तुलनामा आर्नोको सम्पत्ति पनि ३ अर्ब ६९ करोड डलर बढेको छ । तेस्रो स्थानमा १ खर्ब १७ अर्ब डलरसहित अमेरिकी अनलाइन खुद्रा विक्रेता कम्पनी एमाजनका जेफ बेजोस छन् ।  यो वर्षको अहिलेसम्मको अवधिमा टेस्लाको शेयर मूल्य ७० प्रतिशतभन्दा धेरैले बढेको छ । केही महीना यता प्रविधि क्षेत्रको शेयरमा देखिएको सेल अफ र अन्य विवादका कारण कम्पनीको शेयर मूल्य ओरालो लाग्दा अर्बपतिको सूचीमा मस्कको वरियता पनि खस्किएको थियो । डिसेम्बरमा आर्नोले मस्कलाई उछिनेर विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । जनवरी ३ मा टेस्लाको शेयर मूल्य प्रतिकित्ता १०८ डलर १० सेन्ट थियो । सोमवार बजार बन्द हुँदा यो २०७ डलर ६३ सेन्टमा उक्लिएको थियो । गएको वर्ष मस्कको लागि निकै उतारचढावमय रह्यो । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर किनेयता टेस्लाको शेयरमा दबाब देखिएको छ । तर यो वर्ष मस्कको लागि फापेको देखिन्छ । मस्कको अहिलेको सम्पत्ति सन् २०२१ को अन्त्यतिरको भन्दा चाँहि निकै कम हो । त्यति बेला उनको नेटवर्थ ३ खर्ब डलर भन्दा धेरै थियो । त्यसपछि उनले टेस्लाको करीब २० अर्ब डलरको शेयर बेचेर ट्विटर किन्ने पैसा जुटाउन थाले । अनि २०२२ मा टेस्लाको शेयर मूल्यमा तीव्र कमी आयो । अमेरिकाले महँगीमा अंकुश लगाउन धमाधम ब्याजदर बढाउन थालेपछि टेस्लाको शेयर झनै रातो भयो । यो वर्ष पनि मस्कले आफ्नो अधिकांश ध्यान ट्विटर मै दिएका छन् । तर अहिले भने लगानीकर्ताहरुले टेस्लामा फर्किन थालेका छन् । मस्कले टेस्लाको झन्डै १ करोड १६ लाख कित्ता शेयर परोपकारी संस्थानालई दिएका थिए । यसको मूल्य २ अर्ब ४० करोड हाराहारी भएको बताइएको छ । मस्कले सन् २०२१ म पनि करीब ६ अर्ब डलर बराबरको शेयर दान दिएका थिए । यो विश्वको इतिहासको सबैभन्दा ठूलो दान थियो । एजेन्सी

हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा कति घट्छ पेट्रोल र डिजेलको खपत ? (हिसाबसहित)

अहिले हप्तामा २ दिन बिदा दिने विषय मन्त्रिपरिषद बैठकमा छलफलको विषय बनिरहेको छ । शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यो विषय बहसको विषय भएकाले निर्णय भईनसकेको बताएका छन् ।तर, आयाल निगम र अन्य सरोकारवालाहरु पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा २ दिन बिदा दिनुपर्ने विषय जोडतोडले उठाईरहेका छन् । यसमा अर्थ मन्त्रालय पनि सहमत छ । विश्व बजारमा इन्धनको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालले आयातमार्फत गर्ने खर्चको सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थमै खर्च गरिरहेको छ । त्यसैले पनि इन्धनको खपत घटाउन हप्तामा २ दिन बिदा दिने विषयमा अहिले सरकारले विभिन्न छलफल गरिरहेको अर्थमन्त्री जनार्दन शर्माले नै पुष्टि गरिसकेका छन् । उनका अनुसार शनिबार र अरु सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन नचलाउने नियम बनाउने र कडाईका साथ अनुगमन गरिने तयारी छ । शनिबार र आइतबार सार्वजनिक बिदा दिँदा पेट्रोलियम पदार्थ खपत घट्ने र खपत घट्दा विदेशी मुद्रा सञ्चिति जोगिने भन्दै यस्तो ‘आईडीया’ आयाल निगमले नै निकालेको हो । अहिले कति छ खपत ?निगमका अनुसार नेपालमा गत वर्ष (सन् २०२१ मा) ६३ हजार किलोलिटर पेट्रोल र १ लाख ६० हजार किलोलिटर डिजेल खपत भएको थियो । २०२२ को मार्चमा दैनिक औसत २५ सय किलोलिटर पेट्रोल र ६४ सय किलोटिलर डिजेल खपत भएको तथ्यांक निगमले निकालेको छ । १ किलोलिटरमा १ हजार लिटर हुन्छ ।मार्चमा कुल ६३ हजार किलोलिटर पेट्रोललाई २५ दिन (४ शनिबार र २ सार्वजनिक बिदा बाहेकका दिन)लाई भाग लगाउँदा दैनिक औसतमा २५.२० सय किलोटिलर हुन आउँछ । मार्चमै खपत भएको कूल १ लाख ६० हजार किलोलिटर डिजेललाई पनि सोही अनुसार भाग लगाउँदा दैनिक ६४ सय किलोलिटर डिजेल खपत भएको छ ।२ दिन बिदा दिँदा कति घट्छ खपत ?अहिले प्रतिलिटर पेट्रोलको खरिद लागत मूल्य १८२.९२ रुपैयाँ छ । डिजेलको खरिद लागत मूल्य १६९ रुपैयाँ छ । निगमले निकालेको हिसाब अनुसार आइतबार बिदा थप गर्दा २५ सय २० किलोटिर पेट्रोलको खपत कम हुन्छ । जसअनुसार २५ सय २० किलोटिर भनेको २५ लाख २० हजार लिटर हो । २५ लाख २० हजार लिटरलाई प्रतिलिटर लागत मूल्य १८२.९२ रुपैयाँले गुणान गर्दा ४६ करोड ९ लाख ५८ हजार ४ सय रुपैयाँ बराबरको पेट्रोलको खपत कम हुन्छ । भन्नुको अर्थ, एक दिन बिदा थप गर्दा ४६ करोड ९ लाख ५८ हजार ४ सय रुपैयाँ बराबरको पेट्रोलको खपत कम हुन्छ । अब महिनामा ४ वटा आइतबार हुन्छन् । यी ४ आइतबार सार्वजनिक बिदा दिँदा १ अर्ब ८४ करोड ३८ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको पेट्रोलको खपत घट्छ ।यसैगरी, एक दिनमा औसतमा खपत हुने ६ हजार ४ सय किलोलिटर डिजेल भनेको ६४ लाख लिटर हो । अब यसलाई प्रतिलिटर लागत मूल्य १६९ रुपैयाँले गुणान गर्दा १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ हुन आउँछ । यसको अर्थ, एक दिन सार्वजनिक बिदा थप गर्दा १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ बराबरको डिजेलको खपत कम हुन्छ । अब महिनाको ४ दिन बिदा थप हुँदा महिनामा ४ अर्ब ३२ करोड ६४ लाखको खपत कम हुन्छ । यसको मतलब महिनामा अहिलेकै अवस्थामा थप ४ दिन बिदा थप हुँदा १ अर्ब ८४ करोड ३८ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको पेट्रोल र ४ अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको डिजेलको आयात घट्छ । डिजेल र पेट्रोल गरी मासिक कुल ६ अर्ब १७ करोड २ लाख ३३ हजार ६ सय रुपैयाँको आयात घटी निगमको अहिलेको चाप कम हुने दाबी निगम र अर्थ मन्त्रालयको छ । यो आइतबार बिदा थप गर्दाको हिसाब हो ।शनिबार बिदाको दिन पनि अन्य दिनको तुलनामा सोही बराबरको इन्धनको खपत कम हुँदै आएको छ ।

किन लागू भएन तलबसहितको बिदा योजना

गत आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट भाषणमा नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न नेपाल सरकारका ‘निजामती कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिएर आन्तरिक पर्यटन वृद्धि गर्ने’ भनी व्यवस्था गरेका थिए । तत्कालीन सरकारले गरेको ‘निजामती कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिएर नेपालको आन्तरिक पर्यटन वृद्धि गर्ने’ उक्त व्यवस्था अहिलेसम्म व्यवहारमा लागू हुन सकेको छैन । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपाल सरकारका निजामती कर्मचारीहरू मात्रै नभएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थान, निगम, सरकारी तथा निजी विद्यालय, कलेज, क्याम्पस, विश्वविद्यालयका शिक्षक, प्राध्यापक वा प्रोफेशर, नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय, आईएनजिओ, एनजिओ, निजी कम्पनी, उद्योग, कल–कारखाना, व्यापारिक घराना आदिमा काम गर्ने सबै कर्मचारीलाई समेटेर नेपालको आन्तरिक पर्यटनलाई बृहत् ढंगले योगदान गर्न प्रोत्साहन गर्ने नीति सरकारले ल्याउनुपर्ने देखिन्छ । सन् २०१९ को डिसेम्बर अन्तिम ताका छिमेकी देश चीनको दक्षिण पूर्वी राज्य हुपेईको राजधानी वुहान शहरबाट फैलिएको कोभिड–१९ महामारीका कारण धराशयी बनेको नेपाली पर्यटनलाई आन्तरिक पर्यटनले थोरै भए पनि टेवा दिन सक्छ । त्यही भएर तलबसहित काजमा बिदा दिएर आन्तरिक पर्यटन वृद्धि गर्ने व्यवस्था गरेको हो । यो आव सकिनै आँटे भए पनि यसको कार्यान्वयन हुने छाँटकाँट छैन । विगत २ वर्षभन्दा बढी समयदेखि कोरोना भाइरसको महामारीका कारण विश्वभरि नै अन्य उद्योग–व्यवसायजस्तै पर्यटन उद्योग र पर्यटकीय गतिविधि पनि लगभग ठप्प भएको अवस्था छ । उता संयुक्त राष्ट्रसंघको मातहतमा रहेको ‘वल्र्ड टुरिज्म अर्गनाइजेशन/डब्ल्यूटीओ’ले विश्व पर्यटन सम्बन्धी पछिल्लो प्रतिवेदनमा सार्वजनिक गरेअनुसार सन् २०२० को पहिलो ३ महीनाको तुलनामा सन् २०२१ को पहिलो ३ महीना जनवरी, फेब्रुअरी र मार्च महीनामा विश्व भ्रमण गर्ने पर्यटकको संख्या ७३ प्रतिशतले कमी आएको थियो । उक्त प्रतिवेदनअनुसार सन् २०२१ मा सबैभन्दा धेरै असर एशिया प्रशान्त (एशिया प्यासिफिक) क्षेत्रमा परेको थियो । सन् २०२१ को पहिलो ३ महीनाको जनवरी, फेब्रुअरी र मार्च महीनामा एशिया प्रशान्त क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२० को पहिलो ३ महीनाको तुलनामा ९४ प्रतिशतले कमी रहेको थियो । त्यस्तै डब्ल्यूटीओको उक्त प्रतिवेदनअनुसार सन् २०२१ पहिलो ३ महीनामा एशिया प्रशान्त क्षेत्रपछि यूरोपमा ८३ प्रतिशतले पर्यटकको कमी आएको थियो । त्यस्तै सन् २०२१ को पहिलो ३ महीनामा अफ्रिका महादेशमा ८१ प्रतिशतले पर्यटकको कमी आएको थियो भने सन् २०२१ को पहिलो ३ महीनामा मध्यपूर्व क्षेत्रमा ७८ प्रतिशतले र उत्तर अमेरिकी महादेशमा सबैभन्दा कम अर्थात् ७१ प्रतिशत पर्यटकले भ्रमण गरेका थिए । विश्वका प्राय: सबै देशमा बाह्य पर्यटन यस्तो धर्मरको स्थिति रहेको भए तापनि चीन, रूस, अस्ट्रिया, अमेरिका ब्राजिल, भियतनाम, मलेसिया, जापान, दक्षिण कोरिया, मकाउ, जर्मनी, फ्रान्स, पोर्चुगल, न्यूजिल्यान्ड, बेल्जियम, चेक गणतन्त्र, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), टर्की, बेलारुस, युक्रेन, फिनल्यान्ड, डेनमार्क, नर्बे, मालिदभ्स, साइप्रस, ओमान, बहराइन, थाइल्यान्ड, इटली, हङकङ आदि देशका सरकारले भने आफ्ना देशका नागरिकलाई आफ्नो देशमा आन्तरिक पर्यटकका रूपमा भ्रमण गर्न प्रोत्साहन गरेका छन् । यसरी ती देशले आन्तरिक पर्यटनलाई अझ बढी महत्त्व दिएर आफ्नै देशभित्रको पर्यटकीय महत्त्व र प्राकृतिक महत्त्वका विशेष ठाउँहरू, जस्तै : ऐतिहासिक महत्त्वका ठाउँ, सांस्कृतिक महत्त्वका स्थान, डाँडो, किल्ला (फोर्ट), अनेक सम्पदा रहेका ठाउँ, प्राचीन महत्त्व बोकेका स्थल तथा स्मारक लगायतमा घुमफिर गर्न प्रोत्साहन गरेर आन्तरिक पर्यटनलाई सकेसम्म चलायमान बनाएका छन् । यस्तो खालको आन्तरिक पर्यटन/भ्रमण कार्यले केही हदसम्म भए पनि ती देशको आर्थिक गतिविधि चलायमान हुनमा सहयोग पुगेको भनाइ रहेको पर्यटन सम्बन्धमा विज्ञता प्राप्त गरेका व्यक्तिहरूले बताएका छन् । हाम्रो देश नेपाल पनि धार्मिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक, जातीय, भाषिक आदि विविधताले भरिपूर्ण देश हो । तर, यसका महत्त्व नबुझ्ने केही ‘पटमूर्खहरूले !’ भने धार्मिक, सांस्कृतिक, प्राकृतिक, भगौलिक, जातीय, भाषिक आदि विविधताको कुरो गर्‍यो वा लेख्यो कि, एकतर्फी ढंगले साम्प्रदायिक भन्ने गरेको देखिन्छ, जुन सरासर गलत बुझाइ र लेखाइ हो भनी ठोकेर भन्न सकिन्छ । भौगोलिक, जातीय, भाषिक आदि विविधताले भरिपूर्ण मात्रै नभएर वन्यजन्तु अवलोकन, चरा पर्यटन, हिमाल आरोहण, पदयात्रा, चट्टान आरोहण, बेलुनिङ, प्याराग्लाइडिङ, बन्जिजम्पिङ, जिप फ्लायर, र्‍याफ्टिङ, कायाकिङ, साइक्लिङलगायत अन्य साहसिक पर्यटकीय गतिविधिका लागि पनि प्रचुर सम्भावना भएको देश हो । त्यस्तै ऐतिहासिक महत्त्वका ठाउँहरू जस्तै पुराना दरबार, गढी, किल्ला, दुर्ग, प्राकृतिक रूपमै बग्दै आएका झरना, छहरा, छाँगालगायत अन्य स्थानहरूमा भ्रमण गर्न जानका लागि पनि सरकारले सरकारी कर्मचारीका साथै सर्वसाधारण नागरिकलाई प्रोत्साहन गर्न सक्छ । त्यसैले जहाँ अड्केको भए पनि ‘सरकारी कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिने’ नीति तुरुन्तै लागू गर्नुपर्ने देखिन्छ । यसले नेपालको आन्तरिक पर्यटन वृद्धि गर्ने पक्का जस्तै छ । तर, नेपाल सरकारका निजामती कर्मचारीहरूले सरकारको त्यो सहुलियत र सेवासुविधालाई दुरुपयोग नगरुन् भन्नाका लागि उनीहरू (निजामती कर्मचारी) जुन क्षेत्रको भ्रमणमा जान्छन्, उक्त क्षेत्रको सक्कली र नयाँ फोटा, भिडियो क्लिप, होटेल वा लजमा बसेको, खाना र खाजा खाएको बिल भर्पाइ पनि आफू कार्यरत कार्यालयमा निश्चित समयसीमाभित्र पेश गर्नैपर्ने बाध्यात्मक व्यवस्था पनि लागू गर्नुपर्छ । अन्यथा देशको कुनै ठाउँमा घुम्न जाऊन् नेपालको आन्तरिक पर्यटनको विकासमा टेवा दिऊन् भनी सरकारले दिएको सहुलियत र सदाशयलाई ससुराली घर, मामाघर, आफन्तको घर, नातागोताको घर घुम्न जाने अथवा घरैमा जुवातास खेलेर बस्ने, गर्लफ्रेन्ड/ब्याइफ्रेन्ड घुमाउन गएर समय खेर फाल्न बेर छैन । लेखक पर्यटनकर्मी हुन् ।

कोभिडपछि आन्तरिक पर्यटनले भरथेग गर्दै नेपाली पर्यटन उद्योग

पुस १७, भक्तपुर । कोरोना भाइरसको संक्रमणका कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । नयाँ वर्ष मनाउनका लागि यहाँका रानीकोटदेखि नगरकोटसम्मका होटल आन्तरिक पर्यटकले भरिएका हुन् ।      नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका– ७(गुण्डु) र ८(सिपाडोल) को संगमस्थल ऐतिहासिक रानीकोटमा सबै होटल आन्तरिक पर्यटकले नै भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेको शनिवार बिहान भीड थियो । रातभर नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचोले होटल पाउनै मुश्किल थियो ।             उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी पर्यटक नै पुगेका छन् । शुक्रवार बेलुका बास बसेर शनिवार बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्न पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारीका कारण विदेशी पर्यटक नआए पनि स्वदेशी पर्यटकको आगमन देखेर होटल व्यवसायी उत्साहित भएका छन् ।             समुद्री सतहबाट २ हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यकालगायत विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता ८ हजार मिटरभन्दा अग्ला आठ ओटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकें बताउँछन्। सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्गले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको छ भन्दै उनी कोरोना भाइरसको महामारीमा पनि नयाँ वर्ष २०२१ को उत्साह र उमङ्ग स्वदेशी पर्यटकले नै थपेकोे बताउँछन्।             अङ्ग्रेजी नयाँ वर्षका अवसरमा भएको भीडले पर्यटन व्यवसायीका लागि ऊर्जा र उत्साह बढेको चर्चा गर्दै व्यवसायी बकें रानीकोट ऐतिहासिकरुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान भएको बताउँछन् । उनका अनुसार कोरोनाले ठप्प बनेको होटल व्यवसाय पछिल्लो केही महिनादेखि चलायमान हुँदै थियो, अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइँचो लागेपछि पर्यटन व्यवसायमा पुनःआशा पलाएको छ ।             रानीकोटमा १६ करोड रुपैयाँको लागतमा निर्माण भएको सबभन्दा ठूलो भिलेज हाइल्यान्ड रिसोर्ट सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नु परे पनि अहिले भने पुनःआशा जगाएको उनी बताउँछन्। नयाँ वर्ष आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनु परेको छ भन्दै व्यवसायी बकें आगामी एकसातासम्मका लागि होटलमा आन्तरिक पर्यटकले भरिने उल्लेख गर्छन्।             विगत छ महीनादेखि खुल्न थालेका नगरकोटका सानादेखि ठूला होटल नयाँ वर्षको अवसरमा भने खचाखच छन् । नयाँ वर्ष २०७८ देखि चहलपहल भए पनि अङ्ग्रेजी नयाँ वर्ष २०२२ को आगमनमा विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकले नै यहाँको होटल खचाखच भएकोे होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए।             उनले होटल क्षेत्रमा काम गरेको २१ वर्षभन्दा बढी भयो तर कोरोनाले होटल सुनसान भएको यो पहिलो पटक हो, यद्यपि हरेक नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थ भनी बताए । उनले गत वर्ष सुनसान भए पनि यस वर्ष अङ्ग्रेजी नयाँ वर्षमा भने आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको बताए ।             भूकम्पले भत्किएपछि पुनर्निर्माण गरेर नयाँस्वरुपमा होटल सञ्चालनमा ल्याएका होटल चौतारीका सञ्चालक बद्री माक भूकम्प र कोरोनाले संकटमा पारेको होटल व्यवसायलाई अहिले आन्तरिक पर्यटकले राहत मिलेको बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षमा नगरकोटमा विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकको आगमनले होटल खचाखच रहेको बताउँदै उनी नयाँ वर्षमात्रै नभई शुक्रवार र शनिवार अधिकांश होटल आन्तरिक पर्यटकले भरिने गरेको जानकारी दिन्छन् ।  सन् २०२१ को अन्तिम दिनलाई बिदाइ र २०२२ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्नका लागि यस वर्ष स्वदेशी पर्यटकको आगमनले पनि पर्यटन व्यवसायमा आशा पलाएको सञ्चालक माक बताउँछन्। रास

दशैंले चलायमान पर्यटन

बिहीवारदेखि यो वर्षको दशैं पर्व शुरू भएको छ । आफन्त, इष्टमित्र, घरपरिवारसँग बसेर रमाइलो गर्ने अवसर जुराइदिने यस पर्वले मुलुकको अर्थतन्त्रमा पनि उल्लेख्य टेवा पुर्‍याउँछ । अर्थतन्त्रका विभिन्न आयामसँग जोडिने यो पर्वले पर्यटन क्षेत्रमा पनि उत्तिकै महŒव राख्छ । वर्षभरमा सर्वाधिक बिदा हुने समय पनि दशैं नै हो । यसबेला परिवार, साथीसंगी विभिन्न गन्तव्यमा जान रुचाउँछन् । घमाइलो र रमाइलो सिजन अर्थात् पर्यटकीय सिजनको रूपमा लिइने अक्टोबर महीनामा दशैं पर्दा यसको महत्त्व अझ बढी हुनेगर्छ । मानिसहरू घुम्न निस्कने र विदेशी पर्यटक पनि नेपाल आउने उपयुक्त समय पनि यही भएकाले दशैंले पर्यटन क्षेत्रलाई समेत चलायमान बनाउँछ । सन् २०१९ देखि निरन्तर ओरालो लागेको मुलुकको पर्यटन सन् २०२१ मा उकालो लाग्ने आशाको किरण देखिएको छ । सन् २०२० को शुरूदेखि नै कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्र अहिले विस्तारै लयमा फर्किने क्रममा छ । कोरोना संक्रमण दर घट्दो क्रममा रहेको, कोभिडविरुद्धको खोप र सरकारले हालै अनअराइभल भिसा खुला गर्नु तथा तुरुन्तै परेको दशैंका कारण पनि पर्यटन क्षेत्रमा आशाको किरण देखिन थालेको हो । मुलुकका प्रसिद्ध पर्यटकीय गन्तव्यका पर्यटन व्यवसायीले दशैंका कारण व्यवसायमा उत्साह देखा पर्न थालेको बताएका छन् । अहिले न्यूनतम १० प्रतिशतसम्म रहेको अकुपेन्सी दशैंसम्ममा औसतमा ४० प्रतिशतसम्म पुग्ने व्यवसायीहरूको अनुमान छ । आन्तरिक र भारतीय पर्यटकबाट पनि राम्रो बुकिङ भइरहेको उनीहरूको भनाइ छ । होटेल एशोसिएशन नेपाल (हान) चितवन च्याप्टरका अध्यक्ष दीपक भट्टराई दशैं पर्वका कारण निकै उत्साहित छन् । ‘अहिले आन्तरिक पर्यटक बढ्ने क्रम जारी छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको बुकिङ पनि आएको छ र भारतीय पर्यटक पनि आउन शुरू गरेका छन् । साथै तेस्रो मुलुकबाट पनि छिटफुट रूपमा पर्यटक आएका छन् ।’ अहिले चितवन र सौराहाका होटेल ३० प्रतिशतसम्म बुकिङ भइसकेको उनी बताउँछन् । होटेल बुकिङ गर्नेहरूमा भारतीय बढी रहेका छन् । उनीहरूले बढीमा ३ दिनसम्मका लागि बुकिङ गरेको पाइन्छ । दशैंका लागि बुकिङ गर्नेहरूको क्रम बढेकाले पर्यटन क्षेत्रले लय समात्न लागेको हो कि भन्ने देखिएको छ । अहिले आन्तरिक पर्यटक आगमन करीब १५ प्रतिशतसम्म रहेको र दशैंसम्ममा ४५ प्रतिशतसम्म अकुपेन्सी पुग्ने सम्भावना रहेको भट्टराई बताउँछन् । यस्तै धारणा हान च्याप्टर पोखराका अध्यक्ष विकल तुलाचनको छ । दशैंको नजिकतिर आन्तरिक पर्यटन बढ्ने सम्भावना रहेको उनी बताउँछन् । कोभिडको समयमा १० प्रतिशतमा रहेको अकुपेन्सी दशैं नजिकिँदै गर्दा ३५ प्रतिशतसम्म पुग्ने आकलन गरिएको उनको भनाइ छ । सरकारले भर्खरै बाह्य पर्यटकका लागि नेपाल आवागमन सहज बनाएकाले तत्काल दोस्रो तथा तेस्रो मुलुकका पर्यटक आउने सम्भावना कम छ । त्यसकारण पनि अहिले व्यवसायीहरू आन्तरिक पर्यटकमा नै भर परेका छन् । आन्तरिक पर्यटकबाट नै दशैंमा पर्यटन क्षेत्रमा चलहपहल हुने आशामा व्यवसायी छन् । चाडपर्वको समयमा आन्तरिक पर्यटकको घुम्ने बानी, बुकिङको अवस्था र चासोले पनि व्यवसायीहरू उत्साहित देखिएका हुन् । यो सब कोभिडविरुद्धको खोप र आवतजावतमा खुकुलो नीतिका कारण नै सम्भव भएको छ । पोखराका होटेलको अकुपेन्सी अहिले न्यून नै रहेको तुलाचन बताउँछन् । चाडपर्वको समय भएकाले दशैंतिहारसम्ममा अकुपेन्सी बढ्ने अपेक्षा रहेको उनको भनाइ छ । पर्यटकीय याम भए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । सरकारले ढिलो गरी विदेशी पर्यटक आगमन नीति खुला गरेकाले नेपाल आउने पर्यटक पनि आउनबाट वञ्चित भएको उनको भनाइ छ । यस्तै काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य मानिने नगरकोट, धुलिखेलमा पनि दशैंले उत्साह थपेको छ । धुलिखेलका होटेल व्यवसायी प्रेमकण्ठ श्रेष्ठले दशैंका लागि ३० प्रतिशतसम्म बुकिङ भइसकेको बताए । अबको सोमवारसम्म लगभग होटेलहरू भरिने सम्भावना रहेको उनको भनाइ छ । २/३ महीना अघिदेखि नै पर्यटनमा राम्रो संकेत देखापरेको बताउने श्रेष्ठ ‘धेरै मानिसले खोप लगाइसकेको र व्यवसायीहरूले पनि खोप लगाएकाले पर्यटनमा सकारात्मक किरण देखिएको छ,’ भन्छन् । यद्यपि विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटक नै बढी आइरहेको र बुकिङ पनि उनीहरूबाटै बढी भइरहेको उनी बताउँछन् । यसैगरी एयरलाइन्स कम्पनीहरूले पनि दशैं अफ नै भनेर घोषणा नगरे पनि विभिन्न सस्तो प्याकेज ल्याएका छन् । दशैंका लागि हालसम्म ७० प्रतिशत बुकिङ भइसकेको बताउने एयरलाइन्स कम्पनीहरूले प्रसिद्ध गन्तव्यका लागि सस्तो प्याकेज ल्याएका हुन् । त्यसमध्ये बुद्ध एयर एउटा हो । आन्तरिक गन्तव्य पोखराका लागि बुद्धले रू. ८ हजारको २ रात ३ दिनको प्याकेज ल्याएको छ । दशैं अफर नै नभने पनि असोज २५ गते मनाउने गरेको आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर सस्तो प्याकेज ल्याएको छ । यसअन्तर्गत रू. ७ हजार ९९९ मा काठमाडौं–पोेखरा उडानमा २ रात ३ दिनसम्म पोखरामा बसेर घुम्न पाइन्छ । यस्तै बुद्ध होलिडेले भैरहवा–पोखरा रू. ८ हजार ९९९, नेपालगञ्जबाट पोखराका लागि रू. १० हजार ९९९ र सिमरा–पोखराका लागि रू.९ हजार ९९९ को प्याकेज ल्याएको छ । यसले पनि पर्यटकीय गन्तव्य पोखरामा आन्तरिक पर्यटकहरू पुग्ने विश्वास गर्न सकिन्छ । बुद्ध एयरका अनुसार अधिकांशको रोजाइ पोखरा नै पर्ने गरेको छ । नेपालमा घुम्न लागि सुगम र रमणीय गन्तव्यको रूपमा काठमाडौं उपत्यका, पोखरा, चितवन, नगरकोट, लुम्बिनी, धुलिखेल जस्ता पर्यकीय गन्तव्य त छँदै छन्, त्यसबाहेक पर्वतारोहण र ट्रेकिङ पदयात्राका लागि मनास्लु, मुस्ताङ, हुम्ला, तत्लो डोल्पा, कञ्चजंगा, माथिल्लो डोल्पा प्रसिद्ध गन्तव्य मानिन्छन् । नेपाल पर्यटन तथ्यांक २०२० अनुसार नेपालमा सर्वाधिक पर्यटक आएको वर्षका रूपमा सन् २०१९ लाई लिइन्छ । यस वर्ष ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल घुम्न आएका थिए । पर्यटक नेपाल आउने प्रमुख देशमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, म्यान्मा र थाइल्यान्ड हुन् । खासगरी सन् २०१९ मा बिदा मनाउन ७ लाख ७८ हजार १७३ जना पर्यटक आउँदा सन् २०२० मा भने यो संख्या १ लाख ३९ हजार २०२ मा झरेको थियो । सन् २०१९ मा धार्मिक पर्यटक १ लाख ९७ हजार ७८६ आएका थिए भने सन् २०२० मा २८ हजार ५३० आएका थिए । यस्तै ट्रेकिङ तथा पर्वतारोहणका लागि सन् २०१९ मा १ लाख ७१ हजार ९३७ पर्यटक आएकोमा सन् २०२० मा यो संख्या ३५ हजार ८९३ रहेको थियो । नेपालको पर्यटन पुरानै अवस्थामा फर्कन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । सन् २०२१ को सेप्टेम्बरसम्म जम्मा ७६ हजार ८६४ विदेशी पर्यटक नेपालमा आएका छन् । यो संख्या हेर्दा सन् २०२१ मा पनि नेपालमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना देखिँदैन । आन्तरिक पर्यटक र चाडपर्वको अवसरले नेपाली पर्यटन क्षेत्र भरथेग भई विस्तारै लयमा फर्कनसक्ने अवस्था भने विद्यमान छ ।