अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच आज टेलिफोन संवाद हुने

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बिहीवार टेलिफोन संवाद हुने भएको छ । युक्रेनमा बढिरहेको तनावको विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले यो महिना दोस्रो पटक आज रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन कुराकानी गर्न लाग्नुभएको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कुराकानीमा रुसले युक्रेनमा बढाइरहेको सेनाको तैनाथी र अन्य विषयमा छलफल हुने खबरमा उल्लेख छ । युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले तत्कालै आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ ...