सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ केरुङस्थित शिकारी डाँडामा विद्युतको पोल बोकेको ट्रक दुर्घटना हँदा एक जनाको ज्यान गएको छ ।
विराटनगरबाट विद्युत प्राधिकरणको विद्युत पोल बोकेर सोलुखुम्बु आउँदै गरेको ना २ ख ८८४३ नम्बरको ट्रक शुक्रबार अपराहन्न पौने पाँच बजे दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।