रौतहट : पछिल्लो समय रौतहटमा पनि पर्यटकीय विकासकाे गति बढेकाे छ। रौतहटको चन्द्रपुरमा रहेको तिलेश्वरनाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचना निर्माण थालिएको हो।नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाको निर्माण थालिएकाे छ। चन्द्रपुर नगरपालिका वडा नं–३ मा रहेको तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वरनाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले जानकारी दिए।