स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने प्रधानमन्त्री देउवाको संकेत

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने संकेत गर्नुभएको छ । आज पर्सा कांग्रेसको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरणपछि वीरगञ्जमा सम्बोधन गर्दै देउवाले निर्वाचनमा तालमेलको संकेत गर्नुभएको हो । आफू गठबन्धनकै कारण प्रधानमन्त्री बनेको उदाहरण पटकपटक दोहोर्‍याँदै देउवाले गठबन्धन दलका नेताहरुलाई अनावश्यक रुपमा नचिढ्याउन समेत […]

सम्बन्धित सामग्री

कांग्रेस शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका छन्।  सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई छलफलका लागि बोलाएका छन्।आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सहमति गरेका देउवाले सिट बाँडफाँटमा पार्टीले कसरी, कुन आधारमा कति सिट लिने भन्ने टुंगो लगाउन पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।अहि

प्रधानमन्त्री देउवाको गृह पालिकामा कसको अग्रता ?

डडेलधुरा — प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याउँदा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याएका छन् । यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेको थियो । उपाध्यक्षमा […]

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसलाई चुनौती

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा नेपाली कांग्रेसलाई चुनौती भएकाे छ । प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरामा एमाले र विपी कांग्रेसले चुनावी तालमेल गरेपछि नेपाली कांग्रेस डडेल्धुरालाई संकट परेको हाे । गाउँपालिका अध्यक्षमा वीपी कांग्रेसबाट सुरेन्द्र मालीको चुनाव चिन्ह करुवा र उपाध्यक्षमा एमालेका इन्द्र महराको चुनाव चिन्ह सुर्यले कडा […]

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई बिरासत जोगाउने चुनौती

माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन, कांग्रेसका असन्तुष्टसँग एमालेको सहकार्य सुदूरपश्चिममा कैलाली र बझाङका सबै तथा बैतडीका केही तहमा सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर चुनाव लड्दै छन् । यहाँका...

कांग्रेस सभापति देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार

धनगढी – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार गरिएको छ । नेपाली कांग्रेस गन्यापधुरा गाउँपालिका (डडेलधुरा) को कार्य समितिले चुनावी तालमेल अस्वीकार गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री देउवाको मतदाता नामावली समेत रहेको गन्यापधुरा गाउँपालिकामा कांग्रेस स्थानिय समितिले तालमेल अस्वीकार गरेको हो । गन्यापधुरा गाउँपालिका–२ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल […]

वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।