बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि खोसिनु हुँदैन : पूर्व मन्त्री पुन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं पूर्व मन्त्री वर्षमान पुनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि खोसिन नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शनिवार दमौलीमा आयोजना गरेको कार्यक्रममा पूर्व मन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको बताए । ५ वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले नसोचेको चर्चा गर्दै पूर्व मन्त्री पुनले राजनीति विचार र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने टिप्पणी गरे । पार्टीले ५ वर्षका लागि प्राप्त गरेको मतको...

सम्बन्धित सामग्री

सार्वजनिक जीवनको शुद्धतामा मन्त्री अपवाद हुँदैन

सार्वजनिक जीवनको शुद्धतामा मन्त्री अपवाद हुँदैन: युवराज घिमिरेको विश्लेषण

गृह मन्त्री नियुक्तिमा ढिलाइ गर्न हुँदैन : सांसद गैरे

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्री नियुक्तिमा ढिलाइ गर्न नहुने बताउनुभएको छ । सत्तारूढ दलहरूसँग समझदारी गरेर प्रधानमन्त्रीले गृह मन्त्री नियुक्त गर्नुपर्ने उहाँको भनाइ छ । बुधवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारूढ दलहरूबीचको सहमतिमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुनेसमेत बताउनुभयो । उहाँले भन्नु भयो, ‘नयाँ गृह मन्त्री प्रधानमन्त्रीले छिट्टै...

दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन : मन्त्री विश्वकर्मा

काठमाडौँ,२२ साउन । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताए । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा आज पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले बढ्दो प्रविधिको विकाससँगै अपराधमा प्रयोग हुने गरेका नयाँ–नयाँ प्रविधि तथा […]

योजनाहरुमा बजेट मात्र थुपार्ने काम हुँदैन : मन्त्री जम्मकट्टेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सरकारले योजनाहरुमा बजेट मात्र थुपार्ने काम नगर्ने बताएका छन् । बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जम्मकट्टेलले सरकारले बजेट थुपारेर राख्नुभन्दा काम हुने योजनामा मात्र बजेट विनियोजन गरिएको बताए । उनले सरकारले लक्ष्य अनुसार योजनाहरु कार्यान्वयन गरेर बजेट खर्च गर्ने गरी बजृट विनियोजन गरेको प्रष्ट पारे । मन्त्री जम्मकट्टेलले काम गरेर खर्च गर्नका लागि आवश्यक योजनाहरु ल्याएर क

व्यवसायीलाई मन्त्री बनाउनै हुँदैन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई मन्त्री बनाएपछि व्यापारी मन्त्री बन्न हुने कि नहुने भन्ने विषयले बहसका रूप लिएको छ । राजनीतिक दलमा काम गरिरहेका कार्यकर्ताहरू व्यवसायीलाई मन्त्री बनाएको कुराको विरोधमा बढी देखिएका छन् । सर्वसाधारणमा पनि यस्तै विचार पाइन्छ । हुन पनि व्यवसायीहरूले जसरी पनि मुनाफा कमाउने तर त्यसमा असल व्यावसायिक अभ्यासलाई महŒव नदिने तथा उपभोक्ताका गुनासालाई नसुन्ने, कार्टेलिङ, कृत्रिम अभाव गराई मूल्य वृद्धि गर्नेजस्ता काममा केही व्यवसायी लागेकाले सर्वसाधारणको बुझाइमा व्यवसायीमा नैतिकताभन्दा नाफाको भावना बढी हुन्छ । त्यसैले व्यवसायी त्यसमाथि पनि अस्पतालाक सञ्चालकलाई नै स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिएपछि सशंकित हुनु स्वाभाविक हो । अहिले कोरोनाविरुद्ध भ्याक्सिन खरीद सर्वाािधक महŒवको विषय भएको छ । खोप उत्पादक कम्पनीहरूले ननडिस्क्लोजर सम्झौता गर्ने भएकाले यसमा भ्रष्टाचार हुने सम्भावना अत्यधिक छ । आम नागरिक पनि बढी पैसा परे पनि खोप आओस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा व्यवसायीलाई स्वास्थ्यमन्त्री बनाउँदा समस्या हुने सम्भावना बढी नै देखिन्छ । कोभिड महामारीको तेस्रो लहरसँग सामना गर्न स्वास्थ्य मन्त्रालयले सचेत गराइरहेकै अवस्थामा व्यवसायी श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएपछि उनले अघि बढाउने काम र अख्तियार गर्ने रणनीतिलाई सबैले चासोका साथ हेरिरहेका छन् । स्वार्थ जुध्ने हुँदा व्यवसायीलाई मन्त्री बनाइनु हुँदैन भन्ने माग धेरैको छ । हुन त व्यवसायीहरू सरकारको नेतृत्वमा पुग्नु विश्वभरि नै सामान्य मानिन्छ । देउवाले मात्र होइन, केपी ओलीदेखि विगमा धेरैजसो सरकारहरूले व्यवसायीलाई मन्त्री बनाएको पाइन्छ । समाजिक सञ्जालमा व्यवसायीहरूले श्रेष्ठ मन्त्री बन्नु उपयुक्त भएको बताएका छन् । अन्यले पनि व्यवसायी मन्त्री हुँदा भ्रष्टाचार कम हुन सक्ने बताएका छन् । प्रधानमन्त्रीले साँच्चै नै उमेश श्रेष्ठलाई काम गर्न सक्छन् भनेर स्वास्थ्य राज्यमन्त्रीमा ल्याएका हुन् र यसमा अरू लेनदेनको गन्ध छैन भने विरोध गर्नुपर्ने कारण छैन । तर, नियुक्ति व्यावसायिक स्वार्थपूर्तिका लागि गरिएको हो भने यसको मूल्य राज्यले निकै चुकाउनुपर्ने हुन सक्छ । स्वास्थ्य मन्त्रालयमा धेरै ठूलो खरीद र चलखेल हुने भएकाले त्यहाँ मन्त्री भएर जान मन गर्छन् भन्ने आम बुझाइ छ । कुनै उद्यमी मन्त्री हुँदा कार्यकर्ताहरू आएर घेर्ने वा उनीहरूलाई जागीर लगाउनुपर्ने बाध्यता हुँदैन । पार्टीभित्रको किचलो मिलाउने वा चुनावी तयारीमा पनि ध्यान दिनु पर्दैन । यस्तो अवस्थामा उद्यमीले पूरा समय मन्त्रालयको जिम्मेवारी निर्वाहमा उपयोग गर्न सक्छन् । उद्योगीलाई मन्त्री बनाउँदा सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । नेपालमा उत्तरदायित्व र जिम्मेवारी बोध कम पाइने हुँदा उद्योगी व्यवसायीले नीतिगत निर्णय गरेर व्यक्तिगत लाभ लिन सक्छन् भन्ने आमामानिसमा आशंका छ । यसलाई हटाउने गरी काम गर्नसके निजीक्षेत्रप्रतिको विश्वास बढ्नेछ । ओमकाजी श्रेष्ठ, नयाँबजार, काठमाडौं

बाढी पीडितलाई मन्त्री तामाङको आश्वासन : पुननिर्माणमा बजेटको अभाव हुँदैन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलाम्ची र हेलम्बुका बाढी पीडितसँग भेट गर्नुभएको छ । उहाँले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “पुननिर्माणमा बजेटको अभाव हुँदैन । सरकारले पुननिर्माणमा पहिलो प्राथमिकता दिन्छ ।” मन्त्री तामाङले तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम …

मेलम्ची र हेलम्बु पुन:निर्माणमा बजेटको अभाव हुँदैन : मन्त्री तामाङ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलम्ची र हेलम्बुका बाढी पीडितसँग भेट गरेका छन् । यही असार १ मा मेलम्ची खोला र इन्द्रावती नदीमा अकल्पनीय  बाढीले ती क्षेत्रमा अपुरणीय क्षति पुर्याएको थियो । उनले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिए । उनले भने, “ पुन:निर्माणमा बजेटको अभाव हुँदैन । सरकारले पुन:निर्माणमा पहिलो प्राथमिकता दिन्छ ।” मन्त्री तामाङले  तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम

आन्तरिक उडान बन्द हुँदैन: पर्यटन मन्त्री

पर्यटन मन्त्री भानुभक्त ढकालले आन्तरिक उडान रोक्ने कुनै योजना नरहेको बताएका छन्।