‘प्रचण्ड–माधव समूह कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी प्रचण्ड–माधव समूह भएको बताउनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिस्टकै खोल ओढेर कम्युनिस्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई पटक–पटक बदनाम गर्ने काम गरेको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘मान्छे बिग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिस्टकै बर्को...

सम्बन्धित सामग्री

‘भविष्यमा कुराकानी गरौं’ भन्दै अलग भए प्रचण्ड–माधव समूह

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर, बैठक निर्धारित समयमा बसेन । झण्डै चार घण्टापछि मात्र पेरिसडाडाँमा बैठक शुरु भयो । अनौपचारिक भनिएको बैठक साँझ अवेरसम्म नै चल्यो । एकपछि अर्का नेता बैठक […]

नागरिकता र हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूह आज फेरि निर्वाचन आयोग जाने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एक नेताले जानकारी दिए। आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको…

फैसलाको स्वागत गर्दै राजनीतिक दलहरूले भने- मुलुकमा संविधानवाद स्थापित भयो

नेपाली कांग्रेस, नेकपा प्रचण्ड-माधव समूह र जसपाका नेताहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलाले संविधान र त्यसका उपलब्धिको रक्षा भएको बताएका हुन्

आमहडताल पूर्ण सफल : प्रचण्ड–माधव समूह

नेकपा प्रचण्ड–माधव समूहले आमहडताल पूर्ण रूपमा सफल भएको बताएको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बिहीबार साँझ प्रेस वक्तव्य जारी गरेर आमहडताल सफल बनाउने क्रममा प्राप्त जनसमर्थन, सद्भाव,...

आमहडताल सफल भयो : प्रचण्ड-माधव समूह

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले बिहीबार आह्वान गरेको आमहडताल सफल भएको दाबी गरेको छ

प्रचण्ड-माधव समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाँदै

२० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए । राजनीतिक दलसम्बन्धी […]

प्रचण्ड-माधव समूह आधिकारिकताका लागि कुन दफा टेकेर जाँदै छन् आयोग ?

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार नेकपा विभाजन हुन नसक्ने भनेर बोलिसकेपछि अब प्रचण्ड-माधव समूह कुन दफाअनुसार आयोग जाने हो भन्ने प्रश्न छ ।

मीनभवन र प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन

२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूह निकटका विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । प्रचण्ड-माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीले नेपाल कमर्स क्याम्पस मीनभवन र भृकुटीमण्डप प्रदर्शनीमार्गको रत्नराज्य क्याम्पसबाहिर पुत्ला जलाएका हुन् । तर प्रहरीले हस्तक्षेप गरी पुत्ला खोसेको थियो भने लाठी चार्ज  पनि गरेको थियो । हेर्नुहोस् तस्वीरहरु

प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागे न्यौपाने

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा) नेपाल ओली समूहमा लागेका छन् । रुपन्देही-१ बाट निर्वाचित उनी एक साताअघि प्रचण्ड-नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी भएका थिए । माओवादी पृष्ठभूमिबाट आएका उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति पनि हुन् । शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि […]

प्रचण्ड-माधव समूह दोस्रो चरणको संघर्षतर्फ

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि विभाजन बनेको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूह संसद विघटनको बिरुद्ध दोस्रो चरणको आन्दोलनको तयारीमा जुटेको छ । पहिलो चरणमा काठमाडौंसहित देशभर नेताकार्यकर्तालाई सडकमा उतारेर शक्ति प्रदर्शन गरेको सो समूहले दोस्रो चरणको कार्यक्रमलाई जिल्ला हुँदै स्थानीय तहसम्म लैजाने तयारी गरिरहेको छ ।