चिप अभाव सल्टिएपछि टोयोटाले वार्षिक खुद नाफा प्रक्षेपण बढायो

जापानको टोयोटा कम्पनीले मङ्गलबार आफ्नो वार्षिक खुद नाफा प्रक्षेपण बढाएको छ । विश्वव्यापी अर्धचालकको अभाव कम भएकाले सबै क्षेत्रमा यसका उत्पादनमा वृद्धि भएको छ । विश्वको सबैभन्दा बढी बिक्रि हुने अटोमेकरले अब चालु आर्थिक वर्षमा ४.५ ट्रिलियन येन (३० अर्ब डलर) को रेकर्ड खुद नाफा गर्ने अपेक्षा गरेको छ । यो नाफा प्रक्षेपण अघिल्लो ३.९५ …

सम्बन्धित सामग्री

आम्दानी घट्दा पनि एनआरएन इन्फ्रास्ट्रक्चरले नाफा बढायो

२५ माघ, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार ६ महिनामा कम्पनीको खुद नाफा १ करोड ६३ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५६ लाख ७७ हजार रुपैयाँ थियो । कम्पनीले वित्तीय सम्पत्ति अर्थात् लगानी गरेको विभिन्न कम्पनीको […]

तारागाउँ रिजेन्सी होटल्सले बढायो शत प्रतिशतभन्दा बढी नाफा

काठमाडौं । गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले ३८ करोड २६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म १९ करोड ५ लाख रुपैयाँभन्दा  बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष भने करीब १०१ प्रतिशत खुद नाफा बढाएको हो । गत वर्ष होटल्सको सञ्चालन आम्दानी ९९ दशमलव ७१ प्रतिशत बढी भएको छ भने कुल आम्दानी करीब ८५ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ६९ करोड २६ लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको होटल्सले गत वर्ष भने १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । कुल आम्दानी भने अघिल्लो वर्ष ८४ करोड ८८ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी भएको छ । हाल होटल्सको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने साढे ५१ प्रतिशतले बढेर ६५ करोड ७७ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ २८ पैसा रहेको होटल्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

ग्लोबल आईएमई बैंकले बढायो नाफा

गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

सिभिल बैंकले बढायो नाफा

काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४२.२३प्रतिशत ले धेरै हो । गत वर्षको यही अवधिमा बैंकले २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा […]

प्रभुख बैंकले ११ प्रतिशतले बढायो नाफा

प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

देखापढी विजिनेश न्यूज

काठमाडौं। गत आवमा तीन अर्बको नेपाली छुर्पी अमेरिकासहित २९ देशमा निर्यात भएको छ। ‘अफ सिजन’ मानिने जुलाई महिनामा ४५ हजार गरी सात महिनामा तीन लाख पर्यटक नेपाल भित्रिए। नेप्सेले शुक्रबार हुने सेयर कारोबार बन्द गर्ने भएको छ। कच्चा पदार्थको मूल्यवृद्धिले खुद नाफा घटेपनि पञ्चकन्या स्टिलले एक वर्षमा २ अर्बले आम्दानी बढायो। इन्डोनेसियामा बनेको इलेक्ट्रिक स्कुटर भित्र्याउने बज्र ग्रुपले घोषणा गरेको

शेयर विक्रीले बढायो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो । हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । सोमवारसम्म उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा भने वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १२ प्रतिशतले घटेको थियो । तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले कुल रू. ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको तुलनामा १० अर्ब ५७ करोड ३२ लाखले बढी हो । अघिल्लो आव २०७६/७७ मा बैंकहरूले रू. ५२ अर्ब ८० करोड ६ लाख खुद नाफा कमाएका थिए । त्यसअघि अर्थात् आव २०७५/७६ मा भने बैंकहरूले ६१ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । अघिल्लो आवमा कोरोना महामारीका कारण बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । प्रवाहित कर्जा नउठ्दा र नयाँ व्यवसाय पनि विस्तार हुन नसक्दा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत आवमा भने बैंकहरूको नाफामा ह्वात्तै बढेको छ । बैंकहरूले व्यावसायिक गतिविधिबाट नै त्यस बराबरको नाफा कमाएका भने होइनन् । नाफा बढ्नुको पछाडि राष्ट्र बैंकको एक निर्देशन कारण रहेको छ । गत जेठमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूलाई पनि लघुवित्त वित्तीय संस्थाहरूको शेयर खरीद गर्न रोकेको थियो । साथै, खरिीद गरिसकेको शेयर पनि आगामी पुस मसान्तभित्र विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो । वाणिज्य बैंकहरूले लघुवित्तको शेयर व्यापक मात्रामा खरीद गर्दै आएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले धमाधम त्यस्तो शेयर विक्री गर्दै आएका छन् । त्यसको असरले नै बैंकहरूको नाफा बढेको बैंकरहरू बताउँछन् । साथै, व्यावसायिक गतिवधि पनि बढ्दो अवस्थामा रहेकाले नाफा बढेको बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नाफा बढ्नुको मुख्य कारण लघुवित्त कम्पनीको शेयर विक्री गर्नु रहेको बताए । ‘हाम्रो बैंकको हकमा नाफा बढ्नुको मुख्य कारण यही हो । राष्ट्र बैंकको निर्देशनअनुसार त्यस्तो शेयर विक्री गर्नुपर्ने भएकाले समग्र बैंकिङ क्षेत्रको नाफा बढको देखिन्छ,’ उनले भने, ‘साथै, यस अवधिमा व्यावसायिक वृद्धि पनि राम्रो नै भएको छ ।’ गत आवमा नाफा कमाउने मामलामा अन्य बैंकलाई पछि पार्दै नबिल बैंक अग्र स्थानमा देखिएको छ । नबिल बैंकले समीक्षा वर्षमा रू. ४ अर्ब ५० करोड ४४ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा सबैभन्दा बढी चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक भने दोस्रो नम्बरमा रहेको छ । उक्त बैंकले रू. ४ अर्ब १२ करोड ६५ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा अघिल्लो आवसम्म पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक यसपटक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले रू. ३ अर्ब ७९ करोड ५३ लाख नाफा कमाएको छ । सिभिल बैंक यसपटक पनि नाफा कमाउने मामलामा अन्तिम नम्बरमा रहेको छ । बैंकले ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न पहिलोपटक २०७६ चैत ११ गतेबाट २०७७ असारसम्म नै पूर्ण बन्दाबन्दी लगाइएको थियो । नमज्जाले प्रभावित भए । त्यो अवस्थामा कोरोना प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जाको सावाँब्याज उठ्न सकेन । कर्जा पुनर्तालिकीकरण, सावाँब्याज भुक्तानीको म्याद थपजस्ता नीतिले अघिल्लो आवमा बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । तर, चालू आवमा बैंकिङ गतिविधि बढ्दै गयो । त्यसको असरले नै नाफा बढेको बताइएको छ । शेयर कारोबार पनि बैंकहरूको नाफा बढ्न गएको बताइएको छ । यद्यपि गत वैशाख १६ गतेदेखि गरेको निषेधाज्ञा कारण बैंकको व्यवसाय प्रभावित भएको थियो ।

हिमालयन बैंकको खुद व्याज र सञ्चालन आम्दानीले बढायो नाफा

हिमालयन बैंक लिमिटेडले खुद व्याज अम्दानी र सञ्चालन नाफा बढेपछि खुद नाफा २७ दशमलव ४५ प्रतिशत बढ्न पुगेको छ । गत