कोपा अमेरिका फुटबलको सेमिफाइलनमा भाेलि बिहान ब्राजिल र पेरु खेल्दै

काठमाण्डाै – कोपा अमेरिका फुटबलको पहिलाे सेमिफाइनलमा मङ्गलवार (भोलि) बिहान ब्राजिल र पेरु खेल्दैछन् । खेल भोलि बिहान पौने पाँच बजे ब्राजिलको ओलम्पिक मैदानमा सुरु हुनेछ ।  विजयी हुने टोली फाइनल प्रवेश गर्नेछ । क्वाटर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराएका थिए । यस प्रतियोगितामा ब्राजिल अपराजित टिम हो ।    समूह 'बी' मा ब्राजिल समूह विजेता बन्दा पेरु उपविजेता बनेको थियो । समूह चरणकाे खेलमा ब्राजिलले पेरुलाई चार–शून्य गाेल अन्तरले हराएको थियो ।&...

सम्बन्धित सामग्री

कोपा अमेरिकाको सेमिफाइनलमा भोलि बिहान ब्राजिल र पेरु भिड्दै

२१ असार, काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान पहिलो सेमिफाइनल खेल हुँदैछ । जसमा घरेलु टोली ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । निल्टन सान्तोस रंगशालामा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ बजे …

ब्राजिल र पेरु कोपा अमेरिकाको सेमिफाइनलमा

साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको दोस्रो हाफको सुरुवातमै १० जनामा सीमित भएको ब्राजिल चिलीलाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको...

कोपामा आज राती कोलम्बिया र भेनेजुएलाबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती कोलम्बियाले भेनेजुएलाको सामना गर्दैछ। स्टाडियो ओलिम्पिको रंगशालामा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान ब्राजिल र पेरु भिड्दैछन्। ओलम्पिक रंगशाला ब्राजिलमा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई३–० ले र कोलम्बियाले इक्वेडरलाई१–० ले पराजित गरेको थियो।