बजेटमा प्रतिबिम्बित शिक्षा

शिक्षाको बजेट तयारी गर्दा शिक्षासम्बन्धी मौलिक हक, शिक्षासम्बन्धी राज्यका निर्देशक, नीति तथा दायित्व, दिगो विकासको लक्ष्य र विसं २०७९ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउने र २०८६ सम्ममा मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यतर्फ उन्मुख हुनुपर्छ । विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर शिक्षामा समान पहुँच र गुणस्तर शिक्षा पहिलो प्राथमिकता बन्नुपर्छ । तर, नेपाल सरकारको दृष्टिमा शिक्षा कहिल्यै प्राथमिकताको क्षेत्र बन्न सकेन । शिक्षाक्षेत्रको बजेट प्रत्येक वर्ष घट्दै गएको छ । आव २०६८/६९ मा शिक्षाक्षेत्रमा कुल वजेटको २१ दशमलव ४ प्रतिशत अंश रहेको थियो । आगामी आवमा शिक्षाक्षेत्रमा कुल बजेटको लगभग १० दशमलव ९२ प्रतिशत रहेको छ । यसको मुख्य कारण शिक्षामा समेत नवउदारवादको गहिरो प्रभाव पर्नु हो । यसले सरकार शिक्षाक्षेत्रबाट विस्तारै हात झिक्न लागेको छ भनेर सहजै अनुमान गर्न सकिन्छ । अनिवार्य र निःशुल्क शिक्षा लागू गर्न सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार र निजी विद्यालयको विस्थापनका लागि ठोस नीति तथा कार्यक्रम आउनुपर्छ । यस विषयमा बजेट मौन छ । आगामी आवका लागि शिक्षाक्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन भएको छ । बजेटको प्रकृतिलाई हेर्दा शिक्षाको मूल संरचनाबाट भन्दा राजनीतिक व्यक्तिको पहुँच वितरण हुने बजेट उल्लेख्य रहेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब विनियोजन भएको छ । शिक्षामा घरपरिवारबाट हुने थप लगानी करीब ४८ प्रतिशत रहेको छ । शिक्षाको गुणस्तर सुधारका लागि केही विगतका कार्यक्रमलाई निरन्तरता दिइएको छ र केही नयाँ कार्यक्रम छन् । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा आधा शताब्दी अगाडिदेखि शुरू भएको कार्यक्रम हो । नेपालको संविधानले बल्ल शिक्षालाई मौलिक हकका रूपमा समावेश ग¥यो । तर, कार्यान्वयनमा भने निकै चुनौती रहेको छ । यो गरीबीसँग पनि जोडिएको छ । सामुदायिक विद्यालयले शिक्षा विकासको नाममा विभिन्न शीर्षक खडा गरी कुस्त शुल्क असुली रहेका छन् । निजी विद्यालयको कुरै छोडौं । जबसम्म निजी विद्यालय रहन्छन् तबसम्म शिक्षा निःशुल्क हुन सक्दैन । अनिवार्य र निःशुल्क शिक्षा लागू गर्न सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार र निजी विद्यालयको विस्थापनका लागि ठोस नीति तथा कार्यक्रम आउनुपर्छ । यस विषयमा बजेट मौन छ । यसै आवको बजेटमार्फत सरकारले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण विद्यालयको अवधारणा ल्यायो । प्राविधिक तथा व्यावसायिक शिक्षाको शुरुआत विसं २०२७ बाट शुरू भएको थियो । गुणस्तरीय शिक्षा सहितको चिल्ड्रेन प्याराडाइज विद्यालयको शुरुआत, नेपाल विश्वविद्यालयको स्थापना, प्रदेशस्तरीय मेडिकल कलेजको स्थापना, राष्ट्रसेवक कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बीमा र १ लाखको स्वास्थ्य बीमाको प्रिमियनबापतको रकम सरकारले तिर्ने नयाँ कार्यक्रम आए । गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज विद्यालयको थालनी नयाँ प्रकारको विद्यालय भनिन्छ । प्रधानमन्त्रीको जिल्लामा यसको प्रस्ताव गर्नुले शक्तिको प्रभाव परेको देखिन्छ । सबै सामुदायिक विद्यालयमा समान पूर्वाधारको तयारीका लागि बजेट छुट्ट्याई सबै गरीब परिवारका बालबालिकामा समान शिक्षा र समान पहुँच पुर्‍याउने कार्यक्रम ल्याउनुपर्छ । यो नै समाजवादी शिक्षाको आधार बन्ला । प्रस्तावित नेपाल विश्वविद्यालय अर्को नयाँ कार्यक्रम हो । नेपालमा हाल ११ ओटा विश्वविद्यालय छन् । चारओटा उच्च शिक्षा सञ्चालन गर्ने प्रतिष्ठानहरू छन् । केही विश्वविद्याल राम्रोसँग सञ्चालन भएका छन् । त्रिविअन्तर्गत ६० ओटा आंङ्गिक,  ५२४ सामुदायिक र ५७७ निजी क्याम्पस रहेका छन् । त्रिविमा करीब २ लाख ८४ हजार विद्यार्थी अध्ययनरत छन् । लुम्बिनी बौद्ध विविको १ आङ्गिक क्याम्पस र ५ निजी क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन् । करीब १९६ जना विद्यार्थी अध्ययनरत रहेका छन् । राजर्षि जनक विवि भने सञ्चालन हुन सकेको छैन । त्रिविको साख खस्कँदै गएको छ । भएका विश्वविद्यालयलाई सुधार्न नसक्ने तर नयाँ विश्वविद्यालय थप गर्दा सरकारको उच्च शिक्षाप्रतिको नियत स्पष्ट भएको छ । नवउदारवादले भनेझैं वर्तमान सरकार पनि प्रतिस्पर्धा र छनोटको सिद्धान्तलाई आकर्षक नारा बनाएर शिक्षामा नवसंशोधनवादी बुर्जुवा वर्गलाई पृष्ठपोषण गरिरहेको छ । शिक्षा मन्त्रालयको नामअनुसारको काम हुनुपर्ने हो । परिवर्तनको वाहक हुनुपर्ने हो । प्राज्ञिक बहसको थलो हो । यहाँ उच्च प्राज्ञिक नेतृत्व हुनुपर्ने हो तर उल्टो भएको छ । शैक्षिक समस्याका चाङ छन् । शिक्षक र कर्मचारीका मागका खात छन् । निजी स्रोतमा कार्यरत शिक्षकमाथि भएको श्रम शोषणमा मन्त्रालय मूकदर्शक मात्र बनेको छ । शिक्षा गुणस्तरहीन भएको छ । हातमा प्रमाणपत्रमात्र छ । बेरोजगारी छ । शिक्षामा तदर्थवादी सोच हाबी भएको छ । बजेटमा शिक्षकका अपेक्षा धेरै थिए । बजेटले तिनलाई सम्बोधन गरेन । यो नौलो कुरा पनि होइन । सरकारको नियत बुझेकै हो । तर, अब सरकार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यी कुरामा ध्यान दिनुपर्छ । बजेट अर्थराजनीतिक विषय हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटको कार्यान्वयनको पहिलो प्राथमिकता विद्यार्थी हुनुपर्छ । कोभिड–१९ को महामारीका कारण शैक्षिक तालिका अस्तव्यस्त भएको छ । सयौैं शिक्षकले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन् । सरकारले तत्काल सम्पन्न गर्नुपर्ने परीक्षालाई समेत ध्यानमा राखी विद्यार्थी र शिक्षकलाई खोपका लागि पहिलो प्राथमिकतामा राख्नुपर्छ । शिक्षक नियुक्ति शिक्षक सेवा आयोगको सिफारिशमा मात्र हुनुपर्छ । अस्थायी नियुक्ति गर्ने कार्य तत्काल अन्त्य हुनुपर्छ । शिक्षकलाई नेपाल शिक्षा सेवाभित्र समेटिनुपर्छ । बजेटमा उल्लेख भएको समान कामको समान पारिश्रमिकको सिद्धान्त नारा होइन, कार्यान्वयन हुनुपर्छ । बालविकास केन्द्रका शिक्षिकादेखि साविकको उमावि तहमा कार्यरत सम्पूण शिक्षकलाई समेट्ने गरी स्थायी नियुक्ति लागि तत्काल शिक्षक सेवा आयोगलाई विज्ञापनका लागि बाटो खोलिदिनुपर्छ । शिक्षकको योगदान कदर गर्दै उमेर हदका कारण पेशाबाट हात धुन पुगेका शिक्षकहरूका लागि गोल्डेन ह्यान्ड सेकको व्यवस्था गर्नुपर्छ । लेखक माध्यमिक शिक्षक युनियन नेपाल (हिस्टुन) का केन्द्रीय अध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

कृषि बजेटमा चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा राख्नुपर्ने विषयबारे सुझाव दिएको छ।

कृषि बजेटमा चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा राख्नुपर्ने विषयबारे सुझाव दिएको छ।

बजेटमा उद्योगीका सुझाव सङ्कलन

लुम्बिनी, २९ चैत । रुपन्देही उद्योग सङ्घ, नेपाल उद्योग परिसङ्घ र लुम्बिनी प्रदेश उद्योग परिसङ्घले आगामी वर्ष २०८०/८१ को बजेटमा सुझाव पेस गर्न उद्योगीहरुसँग छलफल गरेको छ । नेपाल उद्योग परिसङ्घले सातवटै प्रदेशका उद्योगीसँग छलफल गरी सरकारका सम्बन्धित निकायमा सुझाव पेस गर्ने उद्देश्यले उद्योगीसँग छलफल थालेको हो । परिसङ्घले बजेटमा उद्योगीको सुझाव सङ्कलन गर्नेक्रममा रुपन्देही […]

‘बजेटमा नीतिगत भ्रष्टाचार भयो’

नयाँ आर्थिक वर्षको लागि नयाँ बजेट आएको छ । संसद्मा छलफल भइरहँदा विवाद पनि त्यत्तिकै भयो । बजेटमा धेरै कुरा छन् । जसलाई जुन आँखाले हेर्दा त्यही देखिन्छ । तर यस पटकको बजेटमा धेरै कुरा असन्तुलित छन् । बजेट आएको छ । अर्थमन्त्री तथा उहाँको आसपासको मान्छेको धेरै उच्च ‘हर्षपाउरको किलोवाट’को ठुलो धनी मानीले चढ्ने […]

बजेटमा आजदेखि मन्त्रालयगत छलफल

२३ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा […]

संघीय बजेटमा कर्णाली प्रदेशका के–के समेटिए?

सुर्खेत : संघीय सरकारले आर्थिक वर्ष २०७९\८० को लागि ल्याएको बजेटमा कर्णालीका महत्त्वपूर्ण क्षेत्र समेटिएका छन्। अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको राष्ट्रिय बजेटमा कर्णालीका अधिकांश योजनाका लागि बजेट भने तोकिएको छैन। केही क्रमगत योजनाहरु समेटिएका छन् भने केही नयाँ समेत समावेश गरिएको पाइएको छ। प्रदेश सरकारले अर्गानिक प्रदेश भनेर समेटेको योजनालाई अंगीकार गरी संघीय सरकारले कर्णालीको कृषि क्षेत्रलाई बजेटमा प्रमुख प्राथमिकता दिइएको छ।कर्णाली प्रदेशमा रैथाने बाली, जैविक खेतीको

शिक्षाको बजेटमा नयाँ कार्यक्रम थपिने

आगामी आर्थिक वर्ष २०७९/०८० को शिक्षाको बजेटमा नयाँ कार्यक्रम थपिने भएका छन्। मन्त्रालयले तयार गरी अर्थ मन्त्रालयमा पेस गरेको बजेटमा शिक्षक अस्पतालका साथै सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ।हाल सञ्चालनमा रहेको मेडिकल कलेजलाई व्यवस्थित गर्न नसकेको मन्त्रालयले सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रस्ताव गरेको छ। मन्त्रालयले तयार गरेको बजेटमा भरतपुरमा शिक्षक अस्पताल निर्माण गर्न पूर्वाधार अध्ययन शीर्षकमा करिब १ करोडभन्दा बढी रकम छुट्टाइएको छ। जेठ १५ गते सार्वजनिक हुने बजेटमा मन्त्रालयले अध

गाउँपालिकाको बजेटमा सामूहिक ‘८४ पूजा’

शान्तिनगर गाउँपालिकाको बजेटमा सामूहिक ‘८४ पूजा’ गरिएको छ । गाउँपालिकाको कार्यालयको प्रांगणमा रहेको मन्दिरमा आइतबार ‘८४ पूजा’ आयोजना गरिएको हो । गाउँपालिकाको तीन लाख बजेटमा ‘८४ पूजा’ र सम्मान कार्यक्रम आयोजना गरिएको...

गाउँपालिकाको बजेटमा सामूहिक ‘चौरासी पुजा’

दाङ शान्तिनगर गाउँपालिकाको बजेटमा सामूहकि चौरासी पुजा गरिएको छ । गाउँपालिकाको कार्यालयको प्राङ्गणमा  रहेको मन्दिरमा आइतबार  ८४ पुजा आयोजना गरिएको हो । गाउँपालिकाको तीन लाख बजेटमा ‘चौरासी पुजा र सम्मान...

बजेटमा लोकप्रिय कार्यक्रम !

काठमाण्डाै – सरकारले मतदातालाई खुशी पार्ने हिसाबले बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना भैरहँदा सार्वजनिक भएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन गरिएको छ । कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता बढाइएको छ । समग्रमा सरकारले वितरणमुखी बजेट बनाएको छ ।बजेटमा समेटिएका केही लोकप्रिय कार्यक्रम यस्ता छन् :सरकारी कर्मचारीको तलब बढ्योसरकारी कर्मचारीको तलब बढेको छ । सरकारले...