सदर चिडियाखाना जावलाखेलमा रहेका जनावरको अभिभावकत्व ग्रहण गर्न सर्वसाधारणमा रुचि देखिएको छ । तत्कालीन वन तथा वातावरणमन्त्री पे्रेम आलेले एउटा हात्तीको आहारका लागि एक लाख रुपियाँ उपलब्ध गराएर यस कार्यको सुरुवात गर्नुभएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैँडाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । त्यसयता देश–विदेश गरी ६० जनाभन्दा व्यक्तिले चिडियाखानामा पालिएका जनावरको आहार तथा पालनपोषणका लागि सहयोग उपलब्ध गराइसकेका छन् ।