सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।डाँगी २०७४ मा प्रमुख
संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार कृष्णकुमार तामाङ ६ हजार ७५७ सहित निर्वाचित भएका हुन् । उनले नेपाली काँग्रेसका ज्ञानबहादुर कार्कीलाई ८१७ मतान्तरले पराजित गरेका छन् । काँग्रेसका कार्कीले ५ हजार ९४० मात्र प्राप्त गरे । चैनपुरको उपमेयरमा पनि एमालेकै ए...