सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्र सङ्घ चिन्तित

काठमाण्डाै - सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्र सङ्घ चिन्तित रहेको छ । संयुक्त राष्ट्र सङ्घका प्रवक्ताले शुक्रवार एक विज्ञप्ति प्रकाशन गरेर यस कुराको जानकारी दिनुभएको हो । उहाँका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा सुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् । यसबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको छ, भन्दै संयुक्त राष्ट्र सङ्घले हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग ...

सम्बन्धित सामग्री

गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्र सङ्घ महासभाबाट पारित

मङ्गलवार गाजामा तत्काल मानवीय युद्धविराम सम्बन्धी प्रस्तुत प्रस्ताव बहुमतले पारित भएको हो।

गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्र सङ्घ महासभाबाट पारित

मङ्गलवार गाजामा तत्काल मानवीय युद्धविराम सम्बन्धी प्रस्तुत प्रस्ताव बहुमतले पारित भएको हो।

अन्न र मल निर्यातबारे संयुक्त राष्ट्र सङ्घ र रुसबीच छलफल

संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले आज शुक्रवार रुसका अधिकारीहरूसँग अन्न र मल निर्यात गर्नका लागि 'ब्ल्याक सी' सम्झौतामा केन्द्रित रहेर वार्ता गरिरहेका छन् । ती सम्झौतामध्ये एक सम्झौताको म्याद सकिन आठ दिन बाँकी छ ।   संयुक्त राष्ट्र सङ्घ मानवीय प्रमुख मार्टिन ग्रिफिथ्स र संयुक्त राष्ट्र सङ्घ व्यापार र विकास एजेन्सीका प्रमुख रेबेका ग्रिनस्पेनले रुसी उप–विदेश मन्त्री सर्गेई भर्सिनिनको नेतृत्वमा गठित मस्कोका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका छन् ।   संयुक्त राष्ट्र सङ्घका प्रवक्ता अलेसेन्ड्रा भेलुचीले जेनेभामा रह...

कालापानीबारे इन्डियाविरुद्ध संयुक्त राष्ट्र सङ्घमा ग्रेटर नेपालको उजुरी

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले संयुक्त राष्ट्र सङ्घ, सुरक्षाल परिषद्को स्थायी सदस्यताका निम्ति आवाज उठाइरहेको इन्डिया सैनिक बलमा छिमेकी देशसँग कस्तो व्यवहार गर्छ भन्ने कुरा पूरै विश्वले जान्नु आवश्यक रहेको बताएको छ । यही सेप्टेम्बर महिनाको १२ तारिखदेखि अक्टोबर ८ तारिखसम्म जेनेभामा सञ्चालन भैहेको संयुक्त राष्ट्रसंघ, मानवअधिकार परिषद्को ५१ औँ सत्रको ञसाइड इभेन्टʼ मा ञइन्डियन हेजेमोनी …

युक्रेनी युद्धबन्दीमाथिको आक्रमण छानबिन गर्न रुसद्वारा राष्ट्र सङ्घलाई आमन्त्रण

रुसको कब्जामा रहेको क्षेत्रमा आक्रमणमा परि ५० जनाभन्दा बढी युक्रेनी युद्धबन्दीको ज्यान गएको घटनाको अनुसन्धान गर्न रुसले संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ । युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक नजिक रहेको सोधपुछ तथा हिरासत केन्द्रमा रकेट प्रणालीबाट शुक्रवार बिहान भएको आक्रमणमा परि ५३ जना युक्रेनी युद्धबन्दीको ज्यान गएको थियो । आक्रमणमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन् । यो आक्रमणलाई लिएर रुस र युक्रेनले एक अर्कालाई दोष लगाइरहेको बेला रुसले अनुसन्धानका लागि संयुक्त राष्ट्र सङ्घ र ...

युद्धमा ‘कोही विजेता हुँदैन’ : संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । रुस–युक्रेन युद्धको सयौँ दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त  राष्ट्र सङ्घको यो टिप्पणी सार्वजनिक भएको हो । जारी युद्धमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा दबाब दिइरहेको छ। ‘यस युद्धको कुनै विजेता छैन र हुनेछैन । बरु, हामीले १०० दिनसम्म के–के गुमाएको देख्यौँ । जीवन, घर, रोजगारी र सम्भावनाहरू गुमायौँ’, अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्र सङ्घ सङ्कट संयोजकले विज्ञप्तिमार्फत यस्तो टिप्पणी गर्नुभ...

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र ९० लाख मानिस भोकमरीको जोखिममा रहेका बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । उहाँले संयुक्त राष्ट्र सङ्घ र यसका साझेदारहरूले आफगानिस्तानमा जीवन बचाउने सहायता प्रदानलाई निरन्तरता दिन दाताहरूलाई आह्वान गर्नुभएको छ । अफगानिस्तानमा मानवीय अवस्था कमजोर रहेको भन्दै महासचिव गुटेर्रेसले तत्कालै थप सहयोग चाहिएको बताउनुभएको छ । गएको वर्षकाे अग...

दश लाख मानिसले युक्रेन छाडे : संयुक्त राष्ट्र सङ्घ

रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका छन् । गएको बिहीवार आक्रमण सुरु भएपछि सात दिनमा दश लाखले युक्रेन छाडेका र एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने जोखिम बढेको राष्ट्र सङ्घको विवरणमा उल्लेख छ । उनीहरूलाई थप सहायताको आवश्यकता पर्ने पनि राष्ट्र सङ्घले जनाएको छ । युक्रेनमाथि अतिक्रमण थालेपछि रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार पाँच सय सैनिक मारिएका छन् भने झण्डै १६...

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय : संयुक्त राष्ट्र सङ्घ

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र सङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइदिन पनि अपिल गरेको छ । यूनिसेफका प्रतिनिधिले हालै बालबाल...

आज संयुक्त राष्ट्र सङ्घ स्थापना दिवस मनाइँदै

काठमाण्डाै - आज संयुक्त राष्ट्र सङ्घ  स्थापना दिवस मनाइँदैछ । सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्र सङ्घ स्थापना दिवस मनाइन्छ । सन १९७१ को संयुक्त राष्ट्रसङ्घको महासभाले आजका दिन सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक बिदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । आज संयुक्त राष्ट्रसङ्घको गठन, कार्य र उद्देश्यका  बारेमा जानकारी गराउन विभिन्न कार्यक्रम हुने गरेको छ । हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयुक्त राष्ट्रसङ्घ सप्ताह मनाइने भए पनि अक्टोबर २४ लाई विशेष उत्साहका  साथ मनाउने गरिन्छ । ...