सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो ।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त अपिल जारी गर्दै ‘नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउ

सम्बन्धित सामग्री

जसपा अध्यक्ष भट्टराई र मुख्यमन्त्री पोखरेलबीच भेट

गण्डकी- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच आज भेट भएको छ । मुख्यमन्त्री निवासमा भएको भेटमा उनीहरूबीच प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिलगायतका विषयमा छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि […]

'संसदीय व्यवस्थाले राष्ट्रको समस्या पार लगाउँदैन'

गोरखा : गत जेठ २७ गते प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्यो।त्यसपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भए।कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा (राजमो) र स्वतन्त्र सांसद दीपक मनाङ्गेबीच गठबन्धन भएपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न सम्भव भयो।चुनावदेखि लगातार सरकार गठन र सञ्‍चालनमा प्रतिपक्षमा रहेर गुरुङ सरकारलाई समर्थन गरिरहेको राजमोले साथ छोडेपछि गण्डकीमा गठबन्धनको व

जसपा संसदीय दलको बैठक चल्दै, भट्टराई-यादव पक्ष अनुपस्थित

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बसिरहेको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा चलिरहेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित छन् । बैठकले नयाँ सरकार गठनको बारेमा निर्णय गर्ने सम्भावना छ । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई नै समर्थन गर्ने या आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भन्ने अन्योलमा रहेको जसपाको संसदीय दलको बैठकले खास निर्णय गर्ने सम्भावना छ । तर बैठकबारे आफूहरुलाई थाहा नै नभएको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदको भनाइ...

कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई बहुमत पुर्‍याउन यसकारण मुस्किल छ

काठमाडौं। राष्ट्रपतिले बहुमतीय सरकार गठन लागि आह्वान गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई १३६ जना सांसदको समर्थन जुटाउन मुस्किल पर्ने देखिएको छ। अहिलेको अवस्थामा यो गठबन्धनमा १२४ जना सांसद छन्। जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको समर्थन वा एमालेको माधव नेपाल पक्षको राजीनामा नआए बहुमत पुग्ने अवस्था छैन। जसपा अध्यक्ष ठाकुरले सरकार बनाउने खेलमा नलाग्ने विज्ञप्ति जारी गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनको योजना संकटमा परेको छ।

देउवालाई साथ नदिने महन्थ ठाकुरको भनाई, 'जसपा नयाँ सरकार गठनमा संलग्न हुँदैन'

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा आफ्नो साथ नहुने स्पष्ट पारेका छन्। सोमबार संसदमा तठस्थ देखिएका ठाकुरले मध्यराति एक विज्ञप्ति निकाल्दै जसपाको मुद्दा नयाँ सरकार गठन नरहेको दाबी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठन हुने प्रक्रिया शुरु भएको…

देउवालाई नसघाउने महन्थ ठाकुरको निर्णय

प्रतिनिधिसभामा तटस्थ बसेका जनता समाजवादी (जसपा) अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा शेरबहादुर देउवालाई नसघाउने स्पष्ट पारका छन् । १५ सांसदसहित सरकारको चाबी हातमा लिएर बसेका ठाकुरको यो निर्णयसँगै नयाँ सत्ता समीकरणमा जुटेका काँग्रेस, माओवादी र उपेन्द्र यादव पक्षमा चुनौती थपिएको छ ।अध्यक्ष ठाकुरले सोमबार राति एक विज्ञप्ति जारी गरेर भनेका छन्, ‘जसपा सत्ताको प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट वि

नयाँ सरकार गठन हाम्रो पार्टीको प्राथमिकता हैन : महन्थ ठाकुर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताएका छन्। सोमबार राति विज्ञप्ती निकाल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन्। संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त विज्ञप्ति जारी गरेको

नयाँ सरकार गठन प्रक्रिया थाल्न तीन दलको राष्ट्रपतिलाई आह्वान

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आजको संसदबाट विश्वासको मत नपाइ पदमुक्त भएकाले संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठन गर्ने प्रक्रिया सुरु गर्न प्रेस विज्ञप्तिमा आह्वान गरिएको छ।

कांग्रेस सभापतिसँग जसपा नेताद्वयको भेटवार्ता

३१ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष यादव बूढानीलकण्ठ पुगेका थिए । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको एक नेताले जानकारी दिए । आफ्नै नेतृत्वमा सरकार गठन […]

अब छिट्टै नयाँ सरकार गठन हुन्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले नयाँ सरकार बन्ने बताएका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्न एमाले बाहेक सबै दल र स्वतन्त्र सांसदहरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका हुन् ।उनले भने, ‘नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत् परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’ शनिबार काठमाडौंको एक कार्यक्रममा विश्वकर्माले जनताले ओली सरकारको विकल्प खोजिरहेको बताए ।‘जनताले केपी ओली